खेलकुद

अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको शिलान्यास

By थाहा अनलाइन

August 16, 2017

सैघाली खबर, काठमाडौं, ३२ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गरेका छन् ।

त्रिभूवन विश्वविद्यालय ९टीयू० परिसरभित्र बन्न लागेको कभर्डहलको शिलायन्स गरिएको हो । विश्वविद्यालय परिसरभित्रै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पश्चिममा रहेको खाली ठाउँमा कभर्डहल बनाइने छ ।

करिब ८२ करोड लागत अनुमान गरिएको कभर्डहल निर्माणका लागि टीयूले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई ७४ रोपनी ५ आना २ पैसा २।१२ दाम जग्गा उपलब्ध गराएको छ ।

८२ करोड बजेट जग्गा सम्याउने, पार्किङ, रिटेनिङ वाल लगाउनेआदि बाहेकको खर्च हो । कुल जग्गा मध्ये २४ रोपनी पार्किङका लागि मात्र छुट्टयाइएको छ । त्यसमा २ सय ३५ गाडी र ३ सय ८७ मोटरसाइकल राख्न सकिन्छ ।

कभर्डहल ५ हजार दर्शक अटाउने क्षमताको हुनेछ । कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको जिम्नेजियम हल, प्रशासनीक भवन, खेलकुद शिक्षा विभाग, पुनर्ताजगी कक्ष, म्याच अफिसियल कक्ष, खेलाडीको चेन्जिङ कक्ष, मिडिया कक्ष, इन्डोर प्राक्टिस कक्षलगायत रहने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बन्नु कीर्तिपुर वासी, त्रिभूवन विश्वविद्यालय र सिंगो राष्ट्रका लागि गर्वको विषय भएको बताए ।

उनले निर्माण कार्यमा पैसाको कमी हुन नदिने प्रतिबद्धता जनाउदै द्रुत गतिमा काम अगाडि बढाउन समेत निर्देशन दिए ।

उनले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुदका लागि पनि पूर्वाधारको आवश्यकता रहेको बताउदै छिटो, बलियो र टिकाउ प्रविधिलाई अंगालेर निर्माण कार्य सक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले १३ औं सागमा प्रयोग गर्न मिल्ने गरी कभर्डहल निर्माण पूरा गर्ने लक्ष्य रहेको बताउदै सबैको साथ र सहयोग पाए त्यो असम्भव नभएको धारणा व्यक्त गरे ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरवासीका लागि विशेष अवसर भएको बताउदै आफ्नो तर्फबाट पनि निर्माण कार्यमा सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले राम्रो कामको सुरुआत भएको बताए ।