क्याम्पसलाई सरसफाईका सामाग्री हस्तान्तरण



टेकबहादुर पुन।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ देउखुरीले आज देउखुरी बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ । शिक्षा भनेको मन्दिर हो र यसलाई सफा स्वच्छ राख्नुपर्छ भन्ने मनासयले सरसफाई गरेको देउखुरी बहुमुखी क्याम्पसका ईकाई सभापती सागर पोखरेलले बताए । सो अबसरमा बोल्ने बक्ताले अत्याधिक फोहोरले मानव शरिरलाई नै असर गर्ने भएकाले सबैले आ(आफ्नो क्षत्रलाई सरसफाईमा ध्यान दिनु पर्ने बताएका थिए ।

साथै आज भएको सरसफाई कार्यक्रममा नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले फोहोर
ब्यबस्थापन गर्नका लागी डस्टबीन ,कुचो ,हार्पिक जस्ता सामग्री क्याम्पस प्रमुख शेर बहादुर गिरीलाई हस्तान्तरण गरिएको छ । क्याम्पस प्रमुख गिरीले सामाग्री प्रदान गर्ने बिद्यार्थीहरुलाई धन्यवाद दिएका थिए ।

नेपाली कांग्रेसका जिल्ला सदस्य कुमार घिमिरे,गिरिजा देबि न्यौपाने,बालिका लम्साल लगायतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम ईकाई सभापती सागर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्