पोखरीमा महिला मृत फेला



भक्तपुर । शुक्रबार बिहानै जिल्लाको भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित पोखरीमा एक महिला मृत फेला परेकी छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नपा ३ बहताल बस्ने ४९ वर्षीया गंगा छुकां पोखरीमा मृत अवस्थामा भेटिएका हुन्।

पोखरी रहेको ठूलो व्यासी गंगाको माइती हो। माइतीघर नपुग्दै उनी माइती बाटो पर्ने पोखरीमा मृत फेला परेपछि घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बिहीबार साँझ घरपरिवारका लागि खाना पकाएकी गंगा आफू खाना नखाइकनै घरबाट हिँडेकी थिइन्।

पकाएको खाना नखाइकन हिँडेकी उनलाई बिहीबार साँझै सबैतिर खोजतलास गर्दा नभेटिए पछि प्रहरीलाई घरपरिवारका सदस्यले जानकारी दिएको डीएसपी पोखरेलले बताए।उनका अनुसार घरपरिवारमा झगडा भएकाले गंगा घरबाट हिँडेको हुनसक्छ।

ुघरपरिवारले दिएको जानकारीअनुसार बिहीबार साँझ खाना पकाइ सकेपछि नखाइकन गंगा घरबाट हिँडेकी थिइन्ु, उनले भने, ुघरबाट निस्केपछि घरपरिवारले उनलाई खोज्न गएको बताएका छन्। खोज्न सिद्धपोखरी, भाजु पोखरी, नःपुखु ९गुह्य पोखरी० तिर गएको बताएका छन्। यस हिसाबले घरमा झगडा भएको हुनसक्ने हाम्रो अनुमान छ।ु

उनले आत्महत्या हो कि हत्या हो त्यससम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।डीएसपी पोखरेलका अनुसार शुक्रबार बिहान ठूलो व्यासीका स्थानीयले पोखरीमा एक महिला मृत अवस्था रहेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेका थिए।

शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाइएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाबारे यथार्थ विवरण आउने भक्तपुर प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्