।माइग्रेन के हो र, कसरी जोगिने  त



माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्रायस् टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।
माइग्रेनका कारण
माइग्रेनलाई वंशानुगत रोगका रूपमा पनि लिइन्छ । मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । यसले गर्दा रक्तनली तथा मस्तिष्क वरिपरिका नसाहरू सुन्निन्छन् ।
अन्य कारण
बढी मानसिक चिन्ता ।
चिया र कफीको अत्यधिक सेवन ।
समयमा नसुत्दा ।
गुन्द्रुक, तामा तथा सिसीमा राखिएको पुरानो अचारको सेवन ।
पीडा कम गर्ने औषधी बढी मात्रामा ९पेनकिलर० प्रयोग गर्दा ।
माइग्रेनका लक्षण
माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छ ।
तीमध्ये प्राय स्
टाउकाको एक भागमा मात्र दुख्छ । करिब एकतिहाइ बिरामीमा पीडा टाउकाको दुवै भागमा समेत हुन्छ ।
टाउकाको कहिले एकतिर त कहिले अर्कातिर दुख्छ ।
कहिलेकाहीं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।
वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश आदि सहन नसक्ने, हातखुट्टा दुख्ने आदि समस्या देखा पर्न सक्छ ।
टाउको दुखाई बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहट्पन देखा पर्ने, निद्रा लागेजस्तो हुने, लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुन्छ ।
टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छ भने मन्द टाउको दुखाइ कायमै रहन्छ ।
कसरी पत्ता लगाइन्छ रु
माथि दिइएका कारणहरूबाट माइग्रेनको अनुमान लगाउन सकिन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पर्दैन । यदि माथि दिइएका लक्षण बिरामीको टाउको दुखाइसँग मेल खाँदैनन् भने चिकित्सकले मस्तिष्कसम्बन्धी अन्य कुनै परीक्षण गराउन सक्छन् । जस्तै एमआरआई, सिटी स्क्यान आदि ।
रोकथाम कसरी गर्ने रु
माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनायौं भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौं ।
माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ ।
एउटै समयमा सुत्ने बानी बसाउने ।
पुुरानो अचार, गुन्द्रुक, तामाजस्ता खानेकुरा नखाने, साथै पिरो कम खाने ।
चिन्तालाई मनबाट हटाउने ।
घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने ।
पीडा कम गर्ने औषधी कम प्रयोग गर्ने । यस्ता औषधी बढी सेवन गर्दा टाउको दुखाइ केही कम हुन्छ तर फेरि बल्झिन्छ ।
पीडा बढ्ने कारण केश रंगाउँदा ।
केशमा पुरानो मेथी र तेल लगाउँदा ।
राति समयमा नसुत्दा ।
कसै–कसैलाई च्याउ खाँदा पनि माइग्रेन बल्झिएको पाइन्छ ।
मनमा धेरै कुरा खेलाउँदा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्