क्षति भएका भौतिक पूर्बाधारको पूर्न निर्माणमा तत्काल जुट्नुपर्ने – जनप्रतिनिधिहरु



सुशील बस्नेत
दाङ,३२ साउन ।
साउन २७ गतेदेखिको अबिरल बर्षा पछि दाङका बिभिन्न स्थानमा आएको बाढी र डुवानबाट प्रभाबितहरुका लागि राहत,पूर्नस्थापना र उचित ब्यबस्थापनका लागि जनप्रतिनिधिहरु जुटेका छन् ।

उनीहरुले शुद्धपिउने पानि,बिद्युत,सडक र तटबन्धलाई दु्रत गतिमा पुन ः निर्माण गरिने पर्ने बताएका छन् । बाढीबाट अत्यन्त प्रभाबित तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्ये अत्यन्त प्रभाबित १० वटा वडा अध्यक्षहरु र सांसद डिल्लीबहादुर चौधरी बिच छलफल भएको हो ।
छलफलमा सहभागि वडा अध्यक्षहरुले तत्काल राहत र पूर्नःस्थापना गरिनुपर्ने बताउदै पूर्न निर्माणको कार्य तत्काल शुरु गर्नुपर्ने बताएका छन् । वडा नम्वर ११ को मोतिपुरको बिद्युत सेवा ७ दिनदेखि अबरुद्ध भएको वडा अध्यक्ष चित्रबहादुर वलीले जानकारी दिनुभयो । बिद्युतबाट वडा नम्वर २ र वडा नम्वर १३ मा बिद्युत तथा बिभिन्न स्थानमा सडक पूर्ण रुपमा मर्मत गरिनुपर्ने वडा अध्यक्ष राजु आचार्य र डम्वरबहादुर न्यौपानेले बताउनुभयो ।
वडा नम्वर २ मा पानिको पाईपमा क्षति पुगेको अध्यक्ष आचार्यले बताउनुभयो ।

उहाले भन्नुभयो,झण्डै ४ सय मिटर पाईपमा क्षति पुगेको छ । वडा नम्वर ८ को अश्वारामा ३ किलोमिटर पाईपमा क्षति पुगेकाले पिउने पानिबाट बञ्चीत भएका,अध्यक्ष बेदु केसीले जानकारी दिनुभयो । वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाह,वडा नम्वर ७ का टोपबहादुर केसी,वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल,वडा नम्वर १० का कुमार लामिछानेले सिचाई कुला र खेतियोग्य जमिन कटान भएकाले तत्काल ती स्थानमा ढुङे जाली लगाई तत्काल ब्यबस्थापन गर्नुपर्ने सुझाब दिनुभयो ।

वडा अध्यक्षहरुसगको अन्तरक्रिया कार्यक्रममा सहभागि सांसद डिल्लीबहादुर चौधरीले सरोकारवाला निकायहरु बिद्युत,खानेपानि सरससफाई तथा डिभिजन कार्यालय,सिचाई र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुखसग छलफल गरि त्यसको ब्यबस्थापन गरिने आश्वासन दिनुभयो ।

उहाँले स्थानिय तहहरुसग समन्वय गरि राहत तथा पूर्नस्थापनको कामलाई प्रभाबकारी बनाउनुपर्ने बताउनुभयो । सो अबसरमा नेपाली काग्रेस क्षेत्र नम्वर ४ का सभापति जगतबहादुर खडका लगायतले जिल्लाको बाढी र डुवानबाट पुर्याएको क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संबाद सहजीकर्ता एबम पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।
जिल्लामा बाढी र डुवाबाट मर्नेको संख्या ५ पुगेको छ भने एकजनाको सनाखत हुन सकेको छैन । त्यस्तै १ सय ५३ घरका ३ सय ७१ जना बिस्थापीत भएका छन् । ३८ वटा घरमा आंशीक क्षति भएका छन् । ४ सय ३१ घरधुरीका ४ सय ८७ जना प्रभाबित भएका छन् । ६३ वटा पशुचौपाया बगेका छन् । जिल्लाका घोराही र तुलसीपुर उपमहागरपालीका,लमही नगरपालीका,ववई र राजपुर गाँउपालीमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्