Woman lying down in a field using mobile phone

टिप्स

उमेर बढ्दै गएपछि ‘सिंगल’ रहने इच्छा पनि बढ्छ- अध्ययन

By थाहा अनलाइन

February 09, 2019

एजेन्सी – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ ।

जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् ।बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् ।

सामाजिक परम्परा जगाइराख्न मात्र नभई हर कोहिलाई कसै न कसैको आवश्यकता पर्ने प्राकृतिक नियम नै हो । त्यसैले प्राकृतिक र सामाजिक परम्परालाई अस्वीकार गरेर एक्लै जीवन बिताउनु हरेकका लागि सम्भव हुदैँन ।

 

यसै क्रममा एक्लै जीवन बिताउने कि जीवनसाथीको साथमा रु भन्ने सवालमा आधारित भएर गरिएको एक अनुसन्धान गरिएको छ ।

समय सँगसँगै मानिसको सोचमा पनि परिवर्तन हुँदै गइरहेको छ । विस्तारै हाम्रा समाजका धारणाहरु पनि विकसित हुँदै गइरहेका छ न् । त्यसैले यदि कुनै व्यक्तिले जीवन एक्लै बिताउँछु भन्ने फैसला गरेको खण्डमा पनि जीवनसाथी खोज्न दवाव दिइँदैन । तर, जो व्यक्ति एक्लै रहन चाहान्छ ती व्यक्तिप्रति मानिसहरुको उत्सुकता र दया जोडिएको हुन्छ ।

मानिसहरु एक्लै जीवन बिताउँने मा निस हरुलाई अलग्गै सोच्छन् । भने, आमाबुबा सधैँ आफ्नो सन्तानको कुशलतालाई लिएर चिन्तित रहने गर्छन् ।

आफन्तहरु पनि उनीहरुलाई जोडी खोज्नका लागि हजार कोशिस गरिरहन्छन् तर, जब मानिसले एक्लै बस्ने संकल्प गर्छ तब उसका लागि एक्लै बस्न बानी पर्दै जान्छ ।जर्मन सेन्टर अफ गेरोन्टोलोजीका स्कोलर्सद्वारा गरिएको एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जी वन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने बताएको छ ।

एनी बोगर र ओलिवर हक्स्फोल्डले जर्मन एजिङ सर्वेद्वारा उपलब्ध गराइएको डाटामा आधारित भएर यो अध्ययन गरेका थिए । यस अध्ययनका लागि ४० देखि ८५ सालका व्यक्तिहरुलाई सन् १९९६ देखि २०१४ सम्म सामेल गरिएको थियो ।

जसमा २५५२ जना मानिसहरु सहभागी थिए । उनीहरुलाई २००८ मा पुनः २०१४ मा आधारित भएर अन्तर्वार्ता लिइएको थियो । यो अनुसन्धानले पत्ता लगाएअनुसार सिंगल मानिसहरु उमेर बढे पनि सन्तुष्टिको अनुभव गरिरहेका थिए तर सम्बन्धमा रहेका मानिसहरु आफ्नो सम्बन्धमा मिठास नभएकोले दुखी थिए ।

 

कुनै कुनै जोडीको जीवन सुरुवाती दिनहरुमा उदाहरणीय थियो तर विस्तारै सम्बन्धमा आएको उतारचढावका कारण सम्बन्धमा तित्तता बढेको र जीवनप्रति नै निराशा छाएको पाइयो । सम्बन्धमा रहने र एक्लै रहनेहरु ले एक्लोपनको विषयमा फरकफरक अनुभव सुनाए ।

अध्ययनका अनुसार जो मासिनहरु एक्लै बाँचिरहेका थिए ती व्यक्तिलाई एक्लोपनको अनुभव नहुने र उमेर बढ्दै गएपनि एक्लो अनुभव नहुने पाइयो । तर जुन मानिसहरु विवाहपछि लामो समय जोडीका साथ विताएका थिए । र, पार्टनरको मृत्यु भएपछि वा सम्ब न्धमा आएको खटपटका कारण धेरै नै एक्लोपनको अनुभव गरिरहेका थिए ।

यस अध्ययनले वैज्ञानिक कारण उल्लेख नगरेपनि अध्ययनमा उपलब्ध डाटाका अनुसार सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ विताइरहेको पाइयो । एक्लै बस्नेहरुमा सहनशीलता बढ्दै जा ने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले उनीहरुलाई जीवनमा एक्लो हुनुमा कुनै पनि अपसोस हुँदैन ।