इन्स्टाग्राममा नयाँ फिचर



इन्स्टाग्रामले आत्मघाती, भड्काउ तथा आपत्तिजनक सामाग्रीहरुलाई नाबालिक प्रयोगकर्ताको नजरमा पर्नबाट रोक्नका लागि नयाँ फिचर ल्याएको छ । उत्तः फिचरको नाम सेन्सेटिभिटी स्क्रिन हो । उक्त फिचरले आपत्तिजनक तस्वीर तथा भिडियो थम्बनेल्सलाई ब्लर गर्नेछ । प्रयोगकर्ताले त्यसमा क्लिक गरेपछि मात्र ती तस्वीर तथा भिडियो देखिनेछन् ।

यस फिचर सुरु भएसँगै अब आफैलाई चोट पूराउने तथा आत्महत्या गर्ने उपाय सिकाउने सम्बन्धी ह्यासट्याग, तस्वीर तथा अकाउन्ट रेकोमेन्डेसन सबै ब्लक हुनेछन् ।

इन्स्टाग्रामका प्रमुख एडम मूसेरीले सेन्सेटिभ स्क्रिन फिचरको घोषणा गर्दै बेलायती पत्रिका द टेलिग्राफमा दिएको अन्तर्वातामा एकजना बेलायती एक किशोरीको आत्महत्याका तस्वीर इन्स्टाग्राममा सार्वजनिक भएको घटनापछि आफुहरुलाई त्यस्तो फिचर थप गर्ने विषयमा आइडिया प्राप्त भएको बताएका छन् ।

ती किशोरीले इन्स्टाग्राममा रहेका आत्महत्यालाई उक्साउने खालका विभिन्न अकाउन्टहरुबाट तरिका सिकेर आफुले आत्महत्या गरेकी थिइन् । उनका अभिभावकहरुले ती उनका आत्महत्या सँग सम्बन्धित तस्वीरहरु इन्स्टाग्राममा देखिएका भन्दै आलोचना गरेका थिए ।

स्मरण रहोस् गत हप्तामात्र बेलायती स्वास्थ्य मन्त्रीले फेसबुक, ट्विटर तथा इन्स्टाग्रामलाई यस्ता आपत्तिजनक तस्वीर लुकाउने व्यवस्था गर्न वा अन्यथा कारवाहीको सामना गर्न चेतावनी दिएका थिए । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्