गोल्टाकुरीमा पहिलो राहात पत्रकार कुसारीको



शोभा रावत,
दाङ, साउन ३२ ।

बाढी तथा वर्षा वाट प्रभावित भएको साविकको गोल्टाकुरी गाविसमा बाढी पीडित पत्रकार परिचालक देविराम कुसारीले सवैभन्दा पहिला राहात प्रदान गर्नु भएको छ ।
अहिले सम्म कुनै निकाय वाट राहात वितरण नभएपछि गोल्टाकुरीका सामाजिक परिचालक समेत रहेका कुसारीले साविकको गोल्टाकुरी तथा हालको दंगिशरण २ सार्कीटोलमा राहात वितरण गरेका हुन् ।

दंगिशरण गाउ पालिकाको सवै भन्दा कमजोर द्वन्द्व पीडित परिवार सिता नेपालीलाई कुसारी आफैले एक वोरा चामल राहात प्रदान गर्नुभएको हो । कुसारीले आज विहानै तुलसीपुर १३ बखरिया वाट मोटर साइकल प्रयोग र पैदल हिडेर राहात वितरण गरेको र यही राहात नै गोल्टाकुरीको पहिलो भएको गंगिशरण २ गोल्टाकुरीका वडा अध्यक्षले जानकारी दिनुभएको छ ।

सिता नेपिालीको परिवार पहिला द्वन्द्व पीडित भएको र यस पटकको वर्षाले वस्ने घर पनि पुर्ण रुपले भत्केका कारण आफुले सितालाई प्रदान गरेको र अरुको लागि प्रयास रत रहेको पत्रकार कुसारीले जानकारी दिनुभएको छ ।

राहात स्वरुप चामल पाएपछि सिताले वस्ने त्रिपाल सम्मको जोह गरिदिन पत्रकार कुसारीसंग आग्रह गर्नुभएको छ । ‘चामलले छाक टर्ने भयो वावु वासको जोहो गरिदिनुहोला’ पीडित सिताले गहभरी आसु पार्दै कुसारीसंग आग्रह गर्नुभयो ।

आफुलाई द्वन्द्व पीडित भएको समयमा पनि ठुलो सहयोग गरेको र अहिले पनि सहयोग गरेको सिताले पत्रकार कुसारीलाई आशिर्वाद समेत दिनुभयो ।
यसैविच पत्रकार कुसारीको पहलमा साविकको गोल्टाकुरी गाविसका पीडितको लागि एक लाख भन्दा बढी नगत राहातको जोहो भएको छ ।

पत्रकार कुसारी गोल्टाकुरी सामाजिक परिरचालक भएको र आफु लापा कार्यक्रमको गोल्टाकुरीका लागि संस्थापक सहजकर्ता भएका कारण पनि यो अवस्था तय भएको उहाँले वताउनु भयो ।

आफु संस्थापक सहजकर्ता भएको र त्यसमा पनि लापामा आफुले फरक पहिचान वनाएका कारण जिल्ला संयोजकले पनि आफ्नो आग्रहलाई मानेको कुसारीले वताउनु भयो । लापा द्धारा साविकको गोल्टाकुरी गाविसलाई मात्रै सेवा दिने उदेश्यले स्थापना गरिरएको आपतकालीन कोष वाट रकम जुटाउन सफल भएको पत्रकार कुसारीले जानकारी दिनुभयो ।
यस राहातका लागि लापाका जिल्ला संयोजक रमेश गौतमलाई आग्रह गरेको र रमेशले केन्द्रमा कुरा पु¥याएपछि अव भोली देखी क्षेती हेरेर एक घरलाई नगद दुई हजार सम्म प्रदान गर्न सकिने पत्रकार कुसारीले जानकारी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्