सभामुख महरा घाइते सांसद वलीलाई भेट्न हस्पिटल पुगे



काठमाडौं – सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका ५ नम्बर प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्था बुझेका छन् ।

सभामुख महराले शनिवार बिहान मेडिसिटी हस्पिटल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।घाइते सांसद उपचारमा संलग्न डाक्टरले सांसद वलीलाई धेरै चोट लागेको भएपनि खतरामुक्त रहेको र आईसीयूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।

भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरे ।

ङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीवार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए । उनलाई अहिले मेडिसिटी हस्पिटलको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्