घोराहीमा भेटियो वेश्यालय, छजना पक्राउ



घोराही । दाङको जिल्लाको घोराही उपमहानगरपालिकाको वीपी चोकमा रहेको दुई वटा होटेलबाट प्रहरीले वेश्यावृती गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर १५ मा रहेको फ्रेञ्च एण्ड फेमिली होटेल एण्ड लज र हाम्रो खाजाघरमा छापा मारेर प्रहरीले शुक्रबार दिउँसो होटेल सञ्चालकसहित छ जनालाई पक्राउ गरेको हो ।

वीपी चोकमा रहेको हाम्रो खाजाघरबाट वेश्यावृती कार्यमा संलग्न रहेका आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एकजना मालिक पनि छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्