फाल्गुनन्द गाउँपालिकका अध्यक्ष नेम्बाङको निधन



इन्र्द नेपाली  पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङको मृत्यु भएको छ ।

शनिवार अचानक स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम पुर्याइएका नेम्बाङको इलामै मृत्यु भएको हो । वडाले आयोजना गरेको क्षमता बिकास तालिमका क्रममा मन्तब्य दिने क्रममा बेहोस भएका उनलाई तत्काल उपचारका लागि इलाम तर्फ लगिएको थियो । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो । यस अघि इलामबाट सिधै हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिएको थियो ।

अवस्था जटिल भएपछि उनलाई काठमाण्डौ नलगिएको हो । शनिवार नियमित गाउँपालिकाको काम सुरु गरेका अध्यक्ष नेम्बाङ वडाले आयोजना गरेको क्षमता बिकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरे पछि बेहोस बनेका थिए । बेहोसी अवस्थामै उनलाई इलाम पुर्याइएको हो । स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसका तर्फबाट लोकप्रिय मत ल्याएर नेम्बाङ बिजयी बनेका थिए । साहित्यसंग नजिक मानिएका नेम्बाङ पाँचथरका नेताहरु मध्ये अब्बल क्षमताका मानिन्थे । बिकास निर्माणमा नेता नेम्बाङको छुटै अडान थियो । आफनो कार्यकालमा फाल्गुनन्द गाउँपालिकाको आर्थिक पाटो सुधार गर्ने उनको योजना सफल भएन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्