जिल्ला समन्वय समिति दाङको अध्यक्षमा जितेन्द्रमान



सैघाली खबर
दाङ,३२ साउन। जिल्ला समन्वय समितिले पुर्णता पाएको छ । जिल्ला समन्वय समितिको आज भएको निर्वाचनले जितेन्द्रमान नेपालीको अध्यक्ष रहेको ९ सदस्य कार्य समिति कार्य समिति गठन गरेको निर्वाचन प्रमुख चुडामन खड्काले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा श्रीधर पौडेल, रहनु भएको छ । जसको सदस्यहरुमा लोका विश्वकर्मा, देवीलाल थारु,जक्तबहादुर बस्नेत,लिला बुढा,सावित्रा रिजाल शुभद्रा भण्डारी, खिमबहादुर भण्डारी रहेको निर्वाचन प्रमुख खड्काले जानकारी दिनुभयो । त्यस अबसरमा समन्वय समितिका विजयी हुने सम्पूर्ण पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्