जापानबाट तुलसिपुर मेयर विपत व्यवस्थापन कोषमा दश हजार सहयोग



 

सैघाली खबर

जापान ,घोराही ३२साउन । नेपालमा बाढि, पहिरो र डुवानले पुराएको क्षतीप्रति प्रदेशमा रहेका नेपाली पनि चिन्तित देखिएका छन् । रोजगार वा पढाईको शिलसिलामा देश बाहिर रहेका नेपालीले गत शुक्रबार देखि भएको बर्षाका कारण आएको बाढि, पहिरो र डुवानबाट नेपालीले भोग्न परेको पीडाले आफूलाई पिरोलिरहेको जापानमा रहनु भएका दाङ तुलसिपुर ७ का अमित भण्डारीले बताए ।

 

उनले बाढि पीडितको पीडामा थोरै भएपनि सहयोग पुगोस् भनेर रकम सहयोग गरेको जानकारी दिए । उनीहरुको बाध्यताले आफ्नो भौतिक शरिर प्रदेशमा रहेपनि मन भने स्वदेशकै पीडामा छटपटिरहेको बताएका छन् ।यस्तै उनी सँगै पढाइको शिलसिलामा जापानमा रहेका बबई गाउपालिका ७ चरकमटियाका नारायण केसीले जम्मा दश हजार पाँच सय तेईस रुपैयाँ तुलसिपुर को मेयर विपत व्यवस्थापन कोषमा सहयोग रकम पठाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्