नकाब लगाएकी नवदुल्हनको अनुहार हेरेपछि दुल्हाले दिए तत्काल तलाक



एजेन्सी। साउदी अरबमा एक व्यक्तिले जब आफ्नी श्रीमतिको अनुहार हेरे, उनले तलाक दिने निर्णय गरे । खास कुरा के भने यो घटना बिहे भएकै राती भएको हो । दुल्लाह दुल्हनले यसअघि एकअर्कालाई देखेका थिएनन् । जसका कारण यस्तो भएको बताइएको छ ।

यो घटनापछि सामाजिक सञ्जालमा मानिसहरुले दुल्हाको विरोध गरेका छन् । साउदी अरबको पश्चिमी सहर मदीनामा एक व्यक्तिले बिहे भएको दिन जब आफ्नी श्रीमतिको अनुहार देखे सोही रात उनले तलाक दिए । यो घटना तब भयो जब दुल्हनलाई एक फोटोग्राफरले फोटोका लागि नाकब हटाउन अनुरोध गरे । यसपछि दुल्हनले नाकाब हटाएर मुस्कान दिँदा दुल्हाले पहिलो पटक दुल्हनलाई देखे ।

दुल्हनको अनुहार देख्नासाथ दुल्हा रिसले चूर भए । उ आफू बसेको स्थानबाट उठ्यो । र भने, ‘तिमि त्यो केटी होइनौ, जसको मैले कल्पना गरेको थिएँ । म तिमिलाई तलाक दिन्छु ।’

 

स्थानीय पत्रिका डेली ओकाजका अनुसार दुल्हाको मुखबाट यो कुरा सुनेर दुल्हनलाई ठूलो झट्का लाग्यो । र उनी रुन थालिन् । रोएर उनको हालत खराब भयो । यता विवादबारे थाहा भएपछि बिहेमा आएका पाहुनाले दुल्हालाई सम्झाउने प्रयास गरे । तर केही फाइदा भएन ।

दुल्हाका अनुसार बिहेभन्दा पहिला उसले दुल्हनको अनुहार देखेको थिएन र जब उसले बिहेको दिन दुल्हनको अनुहार देख्यो, उसलाई निकै राम्रो लाग्यो । यसपछि उसले बिहे क्यान्सिल गरिदियो ।
धोका दिने दुल्हाबारे समाचार फैलिएपछि सामाजिक सञ्जालमा मानिसहरुले दुल्हाको निकै विरोध गरेका छन् ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु खास गरेर महिलाहरुले दुल्हाको निकै आलोचना गरेका छन् । एक यूजरले लेखेका छन्, ‘यी व्यक्तिले आफ्नो गैरजिम्मेवारी व्यवहारले महिलालाई निकै समस्यामा पारेका छन्, उसलाई यसको सजाय हुनुपर्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्