अचम्मका कुरा

नकाब लगाएकी नवदुल्हनको अनुहार हेरेपछि दुल्हाले दिए तत्काल तलाक

By थाहा अनलाइन

February 10, 2019

एजेन्सी। साउदी अरबमा एक व्यक्तिले जब आफ्नी श्रीमतिको अनुहार हेरे, उनले तलाक दिने निर्णय गरे । खास कुरा के भने यो घटना बिहे भएकै राती भएको हो । दुल्लाह दुल्हनले यसअघि एकअर्कालाई देखेका थिएनन् । जसका कारण यस्तो भएको बताइएको छ ।

यो घटनापछि सामाजिक सञ्जालमा मानिसहरुले दुल्हाको विरोध गरेका छन् । साउदी अरबको पश्चिमी सहर मदीनामा एक व्यक्तिले बिहे भएको दिन जब आफ्नी श्रीमतिको अनुहार देखे सोही रात उनले तलाक दिए । यो घटना तब भयो जब दुल्हनलाई एक फोटोग्राफरले फोटोका लागि नाकब हटाउन अनुरोध गरे । यसपछि दुल्हनले नाकाब हटाएर मुस्कान दिँदा दुल्हाले पहिलो पटक दुल्हनलाई देखे ।

दुल्हनको अनुहार देख्नासाथ दुल्हा रिसले चूर भए । उ आफू बसेको स्थानबाट उठ्यो । र भने, ‘तिमि त्यो केटी होइनौ, जसको मैले कल्पना गरेको थिएँ । म तिमिलाई तलाक दिन्छु ।’

 

स्थानीय पत्रिका डेली ओकाजका अनुसार दुल्हाको मुखबाट यो कुरा सुनेर दुल्हनलाई ठूलो झट्का लाग्यो । र उनी रुन थालिन् । रोएर उनको हालत खराब भयो । यता विवादबारे थाहा भएपछि बिहेमा आएका पाहुनाले दुल्हालाई सम्झाउने प्रयास गरे । तर केही फाइदा भएन ।

दुल्हाका अनुसार बिहेभन्दा पहिला उसले दुल्हनको अनुहार देखेको थिएन र जब उसले बिहेको दिन दुल्हनको अनुहार देख्यो, उसलाई निकै राम्रो लाग्यो । यसपछि उसले बिहे क्यान्सिल गरिदियो । धोका दिने दुल्हाबारे समाचार फैलिएपछि सामाजिक सञ्जालमा मानिसहरुले दुल्हाको निकै विरोध गरेका छन् ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु खास गरेर महिलाहरुले दुल्हाको निकै आलोचना गरेका छन् । एक यूजरले लेखेका छन्, ‘यी व्यक्तिले आफ्नो गैरजिम्मेवारी व्यवहारले महिलालाई निकै समस्यामा पारेका छन्, उसलाई यसको सजाय हुनुपर्छ ।’