प्लाष्टिकका फुलले भ्यालेन्टाईन डे को प्यार



गोविन्द खड्का,
घोराही।
पहिलो दिन प्लाष्टिकका गुलाफका फुल साटेर रोज डे मनाउँदै प्रेम जोडिले भ्यालेन्टाईन डेको शुभारम्भ गरेका छन् । यसपछि हुने ६ वटा सबै डे मा नेपालीे उत्पादनले स्थान पाउने सम्भावना न्युन छ ।

गत बर्ष भारतीय गुलाफले भ्यालेन्टाईन्डेमा विशेष महत्व पाएको थियो । एभरग्रिन गिफ्ट्स एण्ड म्यूजिकल उमेश मार्ग घोराहीका सञ्चालक भोला खनाल (कुलराज) का अनुसार रोज बिरगन्ज हुदै भित्रिएको हो । अघिल्लो दिन देखि नै खास गुलाफको फूल विक्रि गरीएको थियो । एउटा रोजलाई एक सय ५० रुपैया पर्दथ्यो । व्यापारीहरु ठुलो मात्रामा विक्रि गर्न सफल भएका थिए ।

यस पटक पनि बानी बसेका ग्राहकलाई फूल दिनैपर्छ । शुरुवात भईसकेपनि फुल फुलाएको सुचना कतैबाट आएको छैन । नेपालका कुनै पनि व्यवसायीले गुलाफ फुलाएको जानकारी दिएका छैनन् । त्यसले बाहिरै बाट मगाउने पर्ने छाँटकाँट आएको छ ।

रकम जति सबै उतैजान्छ । चकलेटहरु, जोडि मुर्तिहरु, जेन्स लेडिज घडि, पर्सहरु, रुम डेकोरेशन सामाग्रीहरु, फोटो फ्रेमहरु, क्रिस्टल सोफिस, टेडि डलहरु, सेन्टहरु र लेडिज जेन्स दुवैका युजेवल सामानहरु अत्याधिक खोजिमा पर्छन् । प्रेमको जनाउ दिने पानकोपात अंकित झनै बढि खोजीन्छ ।

नोतिनो बहाना मिलाउन मात्रै पर्छ त्यसले गिफ्ट्स आवश्यकता जनाउँछ । नजिकिँदै गरेको सरस्वती पुजालाई लक्षित गरी विद्यालयहरु गिफ्ट्सको खोजिमा दौडा दौड गरेका छन् । त्यहि अबसरलाई छोपेर विद्यालयहरुले शुक्रवार वार्षिक उत्सव पनि व्यापक रुपमा आयोजना गरेका छन् ।

विहिवार दिनभरी दश भन्दा बढि विद्यालय गिफ्टस तथा म्युजिकलका सामग्री खोज्न आएको खनालले जानकारी दिनुभयो । रोज डेको अबसर छोप्न पनि त्यत्तिकै आए ।
बाद्य वादनका सामग्री मादल, खैचडी, तवला, गिटार, डम सेट विद्यार्थीको क्षमताको अभिवृद्धिका लागि खोजीन्छ । उनिहरु भित्रको अन्तरनिहित कला प्रष्फुटन गर्नका लागि खेलकुद तथा खेलौनाहरु संकलन गरिन्छन् । दीपशिखा आमावासिय माविले यस वर्ष शोक मनाउने भन्दै तामझामको कार्याक्रम आयोजना गरेको छैन ।

विद्यार्थीको कला क्षमता देखाउन बाट बञ्चित गरीनु हुन्न भनेर खेल सामग्री खरीद गरीरहेको थियो । शिक्षकहरु प्रदिप घिमिरे र नरेश वली कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयको राम्री गाडि दुर्घटनामा पुस ६ गते निधन भएको थियो । दुवै जना दिपशिखाका शिक्षक भएकाले पनि यस बर्ष हर्ष उल्लास नहुने बताएको छ । तर, गिफट्स खरीद गर्न उसलाई पनि परेको देखिन्थ्यो ।

बच्चाहरुको चाहनालाई सम्वोधन गर्न खलौनाहरु खोज्दैथियो गुरुकुल स्कुल । त्यस संगै गिफ्ट्स अर्डर गर्दै थियो । शिक्षकहरु एक सय बढि गिफ्ट्सका सामग्री चाहियो भनिरहेका थिए । आफु संग प्रशस्तै रहेको जति चाहिएपनि दिन सक्ने खनालले जवाफ दिईरहनुभएको थियो ।
हरेक चाड पर्वमा सामग्री संगै गिफ्टस र खादाको चलन मौलाएको छ ।

भर्खरै क्रिसमस डे, माघि लगाएतका चाड पर्वमा पनि प्रशस्त मात्रामा गिफ्ट्सहरु विक्रि गरीएको व्यवसायीले जानकारी दिएका छन् । साधारण सभा, स्थापना दिवस, वार्षिक उतसव हरेक कार्यक्रममा गिफ्टस पहिलो प्राथमिकतामा पर्छ । बच्चा जन्मेपछि मुख हेर्न नगद दिने चलन भएपनि न्वारण देखि नै गिफ्टसको प्रचलन बसेको छ ।

भात खुवाई, वर्थडे, विवाह हुँदै सबैजसो सुभकार्यमा उसको जिवनभरी गिफ्टसको कोसेली हुन्छ । यसले पनि गिफ्टसका पसलहरु छ्याप छ्याप्ती खुलेका छन् ।


खातका खात प्लाष्टिकका गुलाफ थुपारेको क्रिष्टल गिफ्टस सपले नेचुरल गुलाफको फुल सित्तैमा भनेर सार्वजनिक विज्ञापन गरेको छ । पोष्टर बनाएर विभिन्न स्थानमा टाँस गरेको भेटिन्छ ।

यसले कम महत्व दर्शाउँछ । रोज डे को बारेमा प्रतिकृया दिँदै सञ्चालक माधवा पौडेलले भन्नुभयो, अन्तिम दिन हो खोजी हुने । आज भोली त त्यति जाँदैन । भ्यालेन्टाईन डेका लागि सबै तयारी गरीएको छ । पसलभरी सामान जता हेरेपनि भरी भराउ देखिन्छन् । हरेक चिज छन् ।

सात फेब्रुअरी रोज डे, क्रमसः प्रपोज, चकलेट, टेडी, प्रमिस हग किस र अन्तमा भ्यालेन्टाईन डे १४ फेब्रुअरीमा मनाउने गरीन्छ । हरेक दिनको लागि फरक फरक गिफ्टसको खोजी हुन्छ । गिफ्टस व्यवसायीको बर्षभरीमा आउने सिजन मानिन थालेको छ ।

अरु बेला भन्दा झकि झकाउ र भरी भराउ हुन्छन् । घोराही बजारका विभिन्न गिफ्टसहरुमो आकर्षक र चम्किलो देखिने होड चलेको छ । ग्राहकको नजर टाढैबाट गड्ने गरी सजाईएका छन् ।

यद्यपी एक साता लामो चल्ने प्रेम जोडिहरुको विशेष पर्वमा नेपाली उत्पादन भने न्युन छ । घरमा एउटा गुलाफको फुल फुलाउने क्षमता नराख्नेहरुको जमात ठुलो देखिएको छ ।

फुल सकिन्न भनेपनि हरियो पात दिन तर प्लाष्टिकका फुल प्रयोग नगर्न फुलका शौखिन हेमराज बञ्जाडेले सुझाव दिनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश पाँच प्रमुख वञ्जाडे सार्वजनिक कार्यक्रमबाटै फुलको वकालत गर्नुहुन्छ । आफ्नो निवास र क्षेत्र जनचेतना टोल फुल फुलाएको सुन्दर भनेर परिचित छ ।

यसै गरी घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले प्लाष्टिकको माला र खादा बहिष्कारै गरेको बताउनुहुन्छ ।

उहाँले यी दुवै बस्तु गलामा नपहिरीने बाचा गर्नुभएको छ । बरु हातमा फुल, वा पात दिएर सवागत गर्न आयोजकलाई आग्रह गर्दै आउनु भएको छ । त्यसले फोहर बढाउँछ फाइदा केहि पनि छैन । त्यसैले वास्तिविक फुल फुलाउन जुट्दैपर्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्