टिप्स

प्लाष्टिकका फुलले भ्यालेन्टाईन डे को प्यार

By थाहा अनलाइन

February 10, 2019

गोविन्द खड्का, घोराही। पहिलो दिन प्लाष्टिकका गुलाफका फुल साटेर रोज डे मनाउँदै प्रेम जोडिले भ्यालेन्टाईन डेको शुभारम्भ गरेका छन् । यसपछि हुने ६ वटा सबै डे मा नेपालीे उत्पादनले स्थान पाउने सम्भावना न्युन छ ।

गत बर्ष भारतीय गुलाफले भ्यालेन्टाईन्डेमा विशेष महत्व पाएको थियो । एभरग्रिन गिफ्ट्स एण्ड म्यूजिकल उमेश मार्ग घोराहीका सञ्चालक भोला खनाल (कुलराज) का अनुसार रोज बिरगन्ज हुदै भित्रिएको हो । अघिल्लो दिन देखि नै खास गुलाफको फूल विक्रि गरीएको थियो । एउटा रोजलाई एक सय ५० रुपैया पर्दथ्यो । व्यापारीहरु ठुलो मात्रामा विक्रि गर्न सफल भएका थिए ।

यस पटक पनि बानी बसेका ग्राहकलाई फूल दिनैपर्छ । शुरुवात भईसकेपनि फुल फुलाएको सुचना कतैबाट आएको छैन । नेपालका कुनै पनि व्यवसायीले गुलाफ फुलाएको जानकारी दिएका छैनन् । त्यसले बाहिरै बाट मगाउने पर्ने छाँटकाँट आएको छ ।

रकम जति सबै उतैजान्छ । चकलेटहरु, जोडि मुर्तिहरु, जेन्स लेडिज घडि, पर्सहरु, रुम डेकोरेशन सामाग्रीहरु, फोटो फ्रेमहरु, क्रिस्टल सोफिस, टेडि डलहरु, सेन्टहरु र लेडिज जेन्स दुवैका युजेवल सामानहरु अत्याधिक खोजिमा पर्छन् । प्रेमको जनाउ दिने पानकोपात अंकित झनै बढि खोजीन्छ ।

नोतिनो बहाना मिलाउन मात्रै पर्छ त्यसले गिफ्ट्स आवश्यकता जनाउँछ । नजिकिँदै गरेको सरस्वती पुजालाई लक्षित गरी विद्यालयहरु गिफ्ट्सको खोजिमा दौडा दौड गरेका छन् । त्यहि अबसरलाई छोपेर विद्यालयहरुले शुक्रवार वार्षिक उत्सव पनि व्यापक रुपमा आयोजना गरेका छन् ।

विहिवार दिनभरी दश भन्दा बढि विद्यालय गिफ्टस तथा म्युजिकलका सामग्री खोज्न आएको खनालले जानकारी दिनुभयो । रोज डेको अबसर छोप्न पनि त्यत्तिकै आए । बाद्य वादनका सामग्री मादल, खैचडी, तवला, गिटार, डम सेट विद्यार्थीको क्षमताको अभिवृद्धिका लागि खोजीन्छ । उनिहरु भित्रको अन्तरनिहित कला प्रष्फुटन गर्नका लागि खेलकुद तथा खेलौनाहरु संकलन गरिन्छन् । दीपशिखा आमावासिय माविले यस वर्ष शोक मनाउने भन्दै तामझामको कार्याक्रम आयोजना गरेको छैन ।

विद्यार्थीको कला क्षमता देखाउन बाट बञ्चित गरीनु हुन्न भनेर खेल सामग्री खरीद गरीरहेको थियो । शिक्षकहरु प्रदिप घिमिरे र नरेश वली कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयको राम्री गाडि दुर्घटनामा पुस ६ गते निधन भएको थियो । दुवै जना दिपशिखाका शिक्षक भएकाले पनि यस बर्ष हर्ष उल्लास नहुने बताएको छ । तर, गिफट्स खरीद गर्न उसलाई पनि परेको देखिन्थ्यो ।

बच्चाहरुको चाहनालाई सम्वोधन गर्न खलौनाहरु खोज्दैथियो गुरुकुल स्कुल । त्यस संगै गिफ्ट्स अर्डर गर्दै थियो । शिक्षकहरु एक सय बढि गिफ्ट्सका सामग्री चाहियो भनिरहेका थिए । आफु संग प्रशस्तै रहेको जति चाहिएपनि दिन सक्ने खनालले जवाफ दिईरहनुभएको थियो । हरेक चाड पर्वमा सामग्री संगै गिफ्टस र खादाको चलन मौलाएको छ ।

भर्खरै क्रिसमस डे, माघि लगाएतका चाड पर्वमा पनि प्रशस्त मात्रामा गिफ्ट्सहरु विक्रि गरीएको व्यवसायीले जानकारी दिएका छन् । साधारण सभा, स्थापना दिवस, वार्षिक उतसव हरेक कार्यक्रममा गिफ्टस पहिलो प्राथमिकतामा पर्छ । बच्चा जन्मेपछि मुख हेर्न नगद दिने चलन भएपनि न्वारण देखि नै गिफ्टसको प्रचलन बसेको छ ।

भात खुवाई, वर्थडे, विवाह हुँदै सबैजसो सुभकार्यमा उसको जिवनभरी गिफ्टसको कोसेली हुन्छ । यसले पनि गिफ्टसका पसलहरु छ्याप छ्याप्ती खुलेका छन् ।

खातका खात प्लाष्टिकका गुलाफ थुपारेको क्रिष्टल गिफ्टस सपले नेचुरल गुलाफको फुल सित्तैमा भनेर सार्वजनिक विज्ञापन गरेको छ । पोष्टर बनाएर विभिन्न स्थानमा टाँस गरेको भेटिन्छ ।

यसले कम महत्व दर्शाउँछ । रोज डे को बारेमा प्रतिकृया दिँदै सञ्चालक माधवा पौडेलले भन्नुभयो, अन्तिम दिन हो खोजी हुने । आज भोली त त्यति जाँदैन । भ्यालेन्टाईन डेका लागि सबै तयारी गरीएको छ । पसलभरी सामान जता हेरेपनि भरी भराउ देखिन्छन् । हरेक चिज छन् ।

सात फेब्रुअरी रोज डे, क्रमसः प्रपोज, चकलेट, टेडी, प्रमिस हग किस र अन्तमा भ्यालेन्टाईन डे १४ फेब्रुअरीमा मनाउने गरीन्छ । हरेक दिनको लागि फरक फरक गिफ्टसको खोजी हुन्छ । गिफ्टस व्यवसायीको बर्षभरीमा आउने सिजन मानिन थालेको छ ।

अरु बेला भन्दा झकि झकाउ र भरी भराउ हुन्छन् । घोराही बजारका विभिन्न गिफ्टसहरुमो आकर्षक र चम्किलो देखिने होड चलेको छ । ग्राहकको नजर टाढैबाट गड्ने गरी सजाईएका छन् ।

यद्यपी एक साता लामो चल्ने प्रेम जोडिहरुको विशेष पर्वमा नेपाली उत्पादन भने न्युन छ । घरमा एउटा गुलाफको फुल फुलाउने क्षमता नराख्नेहरुको जमात ठुलो देखिएको छ ।

फुल सकिन्न भनेपनि हरियो पात दिन तर प्लाष्टिकका फुल प्रयोग नगर्न फुलका शौखिन हेमराज बञ्जाडेले सुझाव दिनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश पाँच प्रमुख वञ्जाडे सार्वजनिक कार्यक्रमबाटै फुलको वकालत गर्नुहुन्छ । आफ्नो निवास र क्षेत्र जनचेतना टोल फुल फुलाएको सुन्दर भनेर परिचित छ ।

यसै गरी घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले प्लाष्टिकको माला र खादा बहिष्कारै गरेको बताउनुहुन्छ ।

उहाँले यी दुवै बस्तु गलामा नपहिरीने बाचा गर्नुभएको छ । बरु हातमा फुल, वा पात दिएर सवागत गर्न आयोजकलाई आग्रह गर्दै आउनु भएको छ । त्यसले फोहर बढाउँछ फाइदा केहि पनि छैन । त्यसैले वास्तिविक फुल फुलाउन जुट्दैपर्छ ।