विचार

देशमा बेरोजगार समाप्त पार्न सरकार गम्भीर हुन आवश्यक

By थाहा अनलाइन

February 10, 2019

देशमा बेरोजगार समाप्त पार्न देशमा परिवर्तन र विकासको निमित्त देशभित्र दैनिक परिचालन हुने हरेक सेक्टर राज्यको मातहतमा परिचालन हुन आवश्यक छ। देश भरिका पेसेन्जर सवारी साधन,देश भरिका स्कुलहरु,देश भरिका साना देखि ठुला ठुला फेक्टरी तथा कलकारखानाहरु ,हरेक कामकारबाही बाटाघाटा,नहर , पुल लगायतका बिकास निर्माणका कार्यहरू प्रत्यक्ष सरकारको मातहतमा परिचालन गरिनुपर्छ ।

देशका हरेक उत्पादनमा अनिवार्य सरकार द्वारा नै रेट शुल्क निर्धारित गरिएको हुनुपर्छ कहिँ कतै मनोमानी शुल्क गर्न गराउनबाट अनिवार्य रोक लगाउनुपर्छ  ।

विदेशबाट नेपाल भित्रने हास, कुखुरा ,खसी (बोका,रागा लगायतका माछा , मासु जन्य चिजबिजमा , कर अनिवार्य गर्ने, सबैखाले तरकारी लगायत सबैखालका कोदो, धान गहुँ मकै लगायतका खाद्यान्न नेपाल ल्याउदा कर असुली गर्ने र स्वदेशी उत्पादनको निमित्त देशभरी राज्यबाटै बीउ मल सौलियत दरमा प्रदान गर्दै अनिवार्य अर्गानिक खाद्यान्न उत्पादन गर्न प्रोत्साहन गर्दै कर मिनाह गरि जन्ताको आवश्यकता अनुसारको सेवा सुबिधा बजार ब्यवस्थापन गर्न सके आफ्नै देशको उत्पादनमा देशबासी खुसी , स्वास्थ्य र लाभान्वित रहनेछन।

लाखौ बेरोजगार नेपालीहरुलाई रोजगारको अवसर मिल्नेछ देशले अर्बौं आर्थिक वृद्धि गर्नेछ आफ्नै देशको माटोमा सुन फलाउने हौसला प्रदान हुनेछ भने कुखुरा फर्म,बाख्रा फर्म,बङ्गुर फर्म ,भैंसी फर्म लगायतका अर्गानिक मासुहरु ,अर्गानिक तरकारी जन्य सामाग्री ,अर्गानिक खाद्यान्न र अर्गानिक फलफूलहरु उत्पादनको निमित्त बिना धितो ऋण उपलब्ध गराइ उत्पादन चिजबिजहरुलाइ सरकारले नै निम्न कर लिइ विदेश निर्यातको ब्यवस्थापन गर्न सके देशमा अर्बौं आर्थिक वृद्धि हुन्छ ।

स्वदेशमै नेपालीहरु रमाउने छन विदेशीको गुलामी बन्न बाध्य हुन पर्ने थिएन यी यावत कार्य गर्न सरकारले धेरै मेहनत गर्नै पर्दैन मात्र इच्छाशक्तिको खाचो छ।

सिस्टमको खाचो छ दुइतिहाइको सरकारले सुखी नेपाली र समृद्ध नेपाल बनाउन पदको लुछाचुडी नगरी देशभरी हुने गरेको गलत राजनीति करण जुन स्वस्थ्यमा पार्टी कारण,विधालय क्षेत्र ,विश्व विधालयमा जस्ता शिक्षामा पार्टी करण , स्वास्थ्य क्षेत्र हस्पिटलमा पार्टी करण यी र यस्ता पार्टिहरुको भागबन्डालाई राज्यबाटै अनिवार्य अन्त्य गरिनुपर्छ यसरी देश भरिका महत्त्वपूर्ण र संबेदनसिल अंगहरुलाइ चिराचिरा पारेर भागबन्डा लगाएर देश समृद्धि हुन्छरु यो कस्तो समाजवाद हो।

देश बिकासको निमित्त पहिलो काम संविधान र कानुनले सामाजिक जघन्य अपराध घोशित गरेका परम्परागत गत सस्कृती र सम्रचनाका कलंकलाई अन्त्य गर्ने कडा कार्वाही प्रक्रिया अगाडि बढाउदै जाहातही समाज देखि राज्यमा हुने चरम भ्रष्टाचारको अन्त्य गर्नु पर्यो ।

आ आफ्नो राजनीतिक पार्टी भित्रको भ्रष्टाचारि पत्ता लगाएर कार्वाही गर्नु पर्यो ,तेस्रो न्यायलय भित्रका भ्रष्टाचारिहरु जुन मान्छे मार्ने हत्यारालाई समेत पैसा पाए पछि यो हत्यारा हैन भनेर अदालतमा गएर ओकालत गरेर छुटाउने प्रयास गर्न लागिपर्ने सारा राजनीतिक पार्टीका कार्यकर्ता ,नागरिक समाज सबै पार्टिका झण्डा बोकेर वोकिल बनेर झुटको खेती गर्ने भ्रष्टाचारिहरु र हत्यारालाइ बोकेर हिड्ने यस्ता न्यायाधीशहरुलाइ खोजीखोजी कडा भन्दा कडा कार्वाही गर्ने हिम्मत गर्नु पर्यो चौथो समाजलाई सधैभरी द्वन्द्वमा फसाउने सामाजिक मर्यादालाइ विखण्डन ल्याउने जातीय विभेद तथा छुवाछूत प्रथालाई अन्त्य गर्न समाजमा हिजो सबैलाई विभेद गर्ने कुनैपनी जातिले छोएको नखाने ब्यक्ति सबैको सम्मानित हुन्थ्यो ,सबैभन्दा सर्वश्रेष्ठ हु भन्ने ठान्थ्यो भने त्यस्को ठिक विपरीत समाजमा जुन ब्यक्तिले विभेद तथा छुवाछूत गर्छ उसलाई समाजिक बहिष्कार गर्ने देश भरी स्थानीय सरकारले नयाँ नितिनै निर्माण गरोस् र कार्यान्वयन गर्ने हिम्मत गरोस् यति गर्न सकेमा समाजमा हुने एउटा जघन्य अपराध को समाजबाट अन्त्य गर्न सकिन्छ सगै देश चलाउने जिम्मेवारी पाएका प्रत्येक मन्त्रीहरूले आफ्नो घरको भाडा, आफ्नो डाइबर को तलब भत्ता , आफ्नो सेक्रेटरी को तलब भत्ता आदि खर्च आफै तिर्ने गरोस् राज्यकोषको दुरुपयोग नगरोस् यसरी बन्न आउने अर्बौं रुपैयाँ देशको विकासमा खर्च गर्न बाध्य पारियोस अन्तमा छैटौं कार्य शिक्षा ,स्वास्थ्य , घरबारविहीनलाई बासको ब्यवस्थापन र सामाजिक सुरक्षा जस्तो मानव जीवनको संबेदनसिल अंगलाई अनिवार्य राज्यको प्रमुख दायित्व बनाउदै नेता तथा मन्त्रीहरुलाइ निजी विधालय तथा निजि हस्पिटल लगायत निजीकरण ब्यवसायमा लगानी गर्न अनिवार्य रोक गरोयोस र फरकफरक शिक्षा प्रणाली को अन्त्य गरियोस् ।

यदि दुई तिहाईको सरकारले देशलाई भ्रष्टाचार ,कालोधन्दा र विकृति को अन्त्य गर्न यी र यस्ता कामहरु गर्न हिम्मत गर्दैन भने अब आफ्ना छोरा, सम्धी ,छोरी, ज्वाइँ भाइ भतिज हैन एकदमै युवा देखि वृद्ध सम्मका निडर, इमानदार , योग्य र क्षमतावान प्रतिभाहरुलाइ छनोट गरि राज्यको केन्द्रमा राखी सरकार चलाउने जिम्मेवारी प्रदान गरियोस् नेपाली जन्ताले भाषण धेरै सुने अब भाषण हैन देशको बिकास चाहिएको छ जन्ताको निमित्त आएका खाद्यान्न चोरी गर्ने ,टिनका पाता ,पाल तिर्पाल चोर्ने यस्ता भ्रष्ट ,डरपोक, जन्तालाइ भाषण गरेर भुलाउने नेताहरुको आवश्यकता छैन । धन्यवाद ।

खडक बहादुर सार्की

सस्थापक, अध्यक्ष दलित एकता संजाल नेपाल