बोलेरो जीप दुर्घटना हुदा १३ जना घाइते



म्याग्दी ।सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, २ भतवतीतर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको बोलेरो जीप रगुगंगा पिप्लेमा दुर्घटना हुदा जिपमा सवार १३ यात्रु घाइते भएका छन् ।

सडकबाट तल खस्दा गर्भवती महिला सहित दुर्घटनामा गम्भीर घाइते रघुगंगा गाउपालिका–३ पिप्लेकी सरस्वती काली दमिनी लाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा रिफर गरिएको छ। परियारको अन्दाजी ३५ हप्ताको गर्भ रहेको अस्पतालले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेमा जललजा गाउँपालिकाकी २२ वर्षीया सृजना जिसी र उनका १ वर्षीय छोरा आभान जिसी, बेनी नगरपालिका–८ की दुर्गा पौडेल, रघुगंगा–२ भतवतीका कर्णबहादुर कार्की, आरोसी घर्ती, डिलबहादुर सार्की, सम्झना भण्डारी, गोविन्द शर्मा, रघुगंगा–३ पिप्लेका राजकुमारी मल्ल, सजनी मल्ल, सरोज बस्याल र चालक गोपी परियार छन्। उकालो र चिप्लो सडकमा गाडीले लोड थेग्न नसकेको वा ब्रेक फेल भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्