दाङ सहितका जिल्लामा एकीकृत बस्ती विकास गरौँ



सैघाली खबर,
काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दाङ जिल्लामा बाढीका कारण ५ जनाको मृत्यु भएको भन्दै बाढीबाट क्षति भएका घरहरूको मर्मत सम्भारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले दाङमा थुप्रै सर्वसाधारण बाढीले प्रभावित भएको जानकारी दिनुभयो ।

‘दाङमा बाढीका कारण ५ जनाको मृत्यु भएको छ । १ सय १२ वटा घर पूर्ण र ३८ वटा घर आंशिक रुपमा क्षति भएका छन्’, उहाँले भन्नुभयो, ‘अब सरकारले डुबान र पहिरोमा परेका जनताहरूका लागि एकीकृत बस्ती विकास गर्नुपर्छ ।’

दुई वर्ष अगाडि दाङ, बाँके, सुर्खेत, बर्दियालगायतका जिल्लामा पहिरो र डुबानले नोक्सानी गरेको बताउँदै कांग्रेस सांसद देवकोटाले भन्नुभयो, ‘ती पीडितहरूलाई अहिले पनि सरकारले सहयोग गर्न सकेको छैन ।’

सांसद देवकोटाले कल्र्भट बगाएका कारण लमही–तुलसीपुर सडक बाढीका कारण अवरुद्ध भएको बताउनुभयो ।

उहाँले डुबानकै कारण कतिपय विद्यालय बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दाङमा बाढीले खेतीपाती बगाएको छ । माछा पोखरी भत्किएका छन् । कुखुराका फर्म डुबेका छन् । पीडितहरूलाई राहत दिइनुपर्छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्