लेष्टर सिटीमाथि टोटनहृयामको जित



काठमाडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ ।

आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन हृयुङ मिनले समान गोल गरे । त्यस्तै, लेष्टरको लागि जेमी भार्डीले गोल गरे ।३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० गोलले अघि रहेको टोटनहृयामले दोस्रो हाफमा थप दुई गोल गर्दा लेष्टरले एक गोल फर्काएको थियो ।

६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गरेपछि खेल २(१ को स्थितिमा पुगेको थियो । खेलको अतिरिक्त समयमा टोटनहृयामले अर्को गोल थप्न सफल भयो ।

यो पटक भने सनले गोल गर्दै टोटनहृयामलाई ३(१ को जित दिलाउन सफल भए ।

 

जितसँगै लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २६ खेलबाट ६० अंक भएको छ । पराजित लेष्टरकोे समान खेलबाट ३२ अंक रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्