खाँचो सास्कृतिक रुपान्तरणको ।।



सैघाली खबर,
तुलसीपुर, ३२ साउन ।
परम्परादेखि चल्दै आएको तीजलाई समयानुकुल रुपान्तरण गर्दै लैजानुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अखिल नेपाल महिला संघ तुलसीपुर उपमहानगर समितिको आज तुलसीपुर ७ को राप्ती शान्ति उद्यान गणेशपुरमा सम्पन्न भेलामा बोल्ने बक्ताहरुले नेपाली चाडवाडलाई रुपान्तरण गर्दै लैजानुपर्ने बताएका हुन् ।

बक्ताहरुले सत्य युगमा पार्वतीले महादेवलाई नै पतिका रुपमा पाउनुपर्ने माग गर्दै खाना नखाएर बसेको घटना आज सान्र्दभिक नहुने भन्दै यसलाई महिला स्वतन्त्रता र मुक्ति आन्दोलन सँग जोड्नुपर्ने बताएका थिए ।

उनीहरुले नेपाली समाज रुपान्तरण हुँदै गएको भन्दै चाडवाडलाई पनि समय अनुसार रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । निमा रेग्मीको अध्यक्षतामा भएको भेलामा बोल्दै संघका जिल्ला अध्यक्ष कमला जिसीले तीजमा पानी पनि नखाएर ब्रत बस्दैमा राम्रो श्रीमान पाइने र आयु धेरै हुन्छ भन्ने मान्यता गलत भएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि जिसीले नेपाली चाडवाड तथा धर्म संस्कृतिले महिलालाई सधै दोश्रो दर्जामा राख्नकालागि ठूलो भूमिका खेलेको चर्चा गर्दै अव सास्कृतिक रुपान्तरणको नेतृत्व महिलाहरुले गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा मसाल दाङका प्रबक्ता भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्य, कोषाध्यक्ष ऋषिराम पौडेल, उपमहानगर संयोजक श्यामलाल पोख्रेल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ जिल्ला सहसचिव दुर्गा प्रसाद भण्डारी, महिला संघका जिल्ला सदस्य मैना भण्डारी लगायतले सास्कृतिक रुपान्तरण आवश्यक भएकोमा जोड दिनुभएको थियो ।

उहाँहरुले तीजलाई खर्चिलो र भड्कीलो नबनाउन आग्रह गर्नुभएको थियो ।गोराथोकीले स्वागत मन्तब्य राख्नु भएको थियो । यसैबीच सो भेलाले निमा रेग्मीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दोमन्ता गोराथोकी, सचिवमा शान्ता खनाल, सहसचिवमा कमला अधिकारी र कोषाध्यक्षमा छमा भण्डारी रहनु भएको छ त्यस्तै समितिको सदस्यहरुमा रत्ना पोख्रले, मुना विक, मोती भण्डारी, कमला पन्थी, जानका खनाल, बिष्णा पौडेल, माया चौधरी, शारदा भुसाल, श्रीधरा भण्डारी, हुमा बस्याल, पार्वता भुसाल, कृष्णा विक लगायत रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्