नगरले फोहर उठाईदिन्छ भन्ने मानसिक्ता त्याग्नु पर्छ’



दिपक बोहरा
दाङ, ३२ साउन।
तुलसीपुर उद्योग बाणिज्य संघको अयोजना सञ्चालन भएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानलाई ५२ औं हप्ता देखी तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाले प्रत्येक हप्ताको मंगलबार नै ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ नाम दिएर अभियान सञ्चालन गरेको छ । तुलसीपुरको फोहर व्यबस्थापनका चुनौती र ५१ औं हप्ता सम्म अभियान सञ्चालनको अनुभब लगायतका बिषयमा अभियानका संस्थापक संयोजक बिमल रिजालसंग पत्रकार दिपक बोहराले गरेको कुराकानीको सारसंक्षेप । –सम्पादक
स्वागत छ ।
धन्यबाद ।
-भर्खरै क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानलाई ५१ औं हप्ता सम्म सञ्चालन गर्नु भयो, ५२ औ हप्ता देखी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ, ५१ औं हप्ता सम्म अभियानलाई सञ्चालन गर्दाको अनुभब के छ ?
अभियानमा जुन स्तरमा स्थानीयहरुको, घरधनहिरुको सहभागीता हुनु पर्ने थियो त्यो अनुसार सहभागी गराउन सकिएन् । धरधनीहरु, टोल बिकास संस्थाहरुलाई हामीले जसरी सहभागी गराउन खोजेका थियौं, त्यसरी सहभागी बनाउन सकिएन् । अझै पनि नगरपालिकाले फोहर सफा गरिदिन्छ भन्ने मानसिक्ताको हाबि छ । जसले गर्दा हामीले जुन उदेश्य लिएका थियौं, त्यसरी जान सकिएन् । प्रत्येक घरबाट एक जना सरसफाईमा सहभागी भयो भने आफेनो घर आफै सफा हुन्छ । उपमहानगरपालिकाले यस बिषयमा सोँच्नु पर्छ ।
-तुलसीपुर उद्योग बाणिज्य संघले जुन उदेश्य लिएर सरसफाई अभियान सञ्चालन गरेको थियो, त्यो उदेश्यमा पुग्न उपमहानगरपालिकाले अभियानलाई कसरी अगाडि बढाउनु पर्ला ?
हामीले ५१ औं हप्ता सम्म सञ्चालन गरेको अभियानमा तुलसीपुर उपमहानगरपालिका पनि सहभागी थियो , भखरै मात्रै जनप्रतिनिध पनि आउनु भएको छ । नगरपालिकालाई कसरी स्वच्छ , हरियाली बनाउने भन्ने कुरा उहाँहरुलाई पनि जानकारी भएकै कुरा हो । अभियानलाई ५१ औं हप्ता सम्म सञ्चालन गरिरहदा मैले के अनुभब गरेको छु भने नागरीकहरु सबै कुरा नगरपालिकाले गरिदेओस भन्ने चहाना राख्छन्, यही कारण नै हो उल्लेख्य रुपमा अभियानले सार्थकता पाउन नसकेको । यहाँका नागरीकहरु नगरपालिकाले फोहर सरसफाई गरिदिन्छ भन्ने सोँच राख्छन् । आफ्नो घर अगाडिको फोहर आफैले सफा गर्नुपर्ने दायीत्व आफ्नै हो भन्ने पनि बुझेका छैनन्, यसलाई बुझाउनु उपमहानगरपालिकाको मुख्य काम हुनु पर्छ । नागरीकलाई यति कुरा बुझाउन सकियो भने तुलसीपुरलाई नमुना, स्वच्छ , सफा बनाउन सकिन्छ जस्तो मलाई लाग्छ । यहाँ के छ भने आफ्नो घर अगाडिको फोहर पनि नगरपालिकाले उठाईदिन्छ भन्ने प्रबृति छ, यो प्रबृतिलाई अन्त्य गर्नुपर्छ । फोहर गर्नेलाई उपमहानगरपालिकाले कारबाहीको दायरामा ल्याउनु पर्छ । कानुनी रुपमा कारबाहीलाई अगाडि नबढाउदा सम्म अभियानले अझै पनि सार्थकता पाउदैन् । त्यसका लागि उपमहानगरपालिकाले दण्ड, जरिवाना गर्नुपर्छ । अभियानलाई जनप्रतिनिधि तथा त्यहाँका बासिन्दाको पहलमा सबै वडामा लैजानु पर्छ । १९ वटै –=वडामा अभियान पु¥याउई प्रभाबकारी बनाउन सक्यौं भने सरसफाई अभियानले उपमहानगरपालिकालाई नै स्वच्छ , हराभरा बनाउन मद्धत पु¥याउछ ।
उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेपछि अभिायनमा उद्योग बाणिज्य संघको भुमिका के रहन्छ ?
भमिका पहिले जे थियो, उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि पनि हाम्रो भुमिका त्यही रहने हो । हामीले नेतृत्व मात्रै हस्तान्तरण गरेका हौं । तुलसीपुर उपमहानगरपालिकालाई स्वच्छ, हराभरा बनाउने जिम्मेवारी हाम्रो पनि हो ,त्यसैले हामी अभियानमा सधै सक्रियका साथ लागि रहने छौं । जुन उदेश्यले तुलसीपुर उद्योग बाणिज्य संघले सरसफाइ अभियानको परिकल्पना गरेको थियो, त्यो उदेश्यमा पु¥याउन निरन्तर हाम्रो सक्रियता रहने छ । अहिले स्थानीय जनप्रतिनिधि आईसकेपछि अभियानको नेतृत्व जनप्रतिनिधिले लिनुपर्छ,भन्ने आबश्यकता देखेर मात्रै अभियानको नेतृत्व हामीले उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हौं ।

यहाँको फोहर व्यबस्थापनका मुख्य समस्या के देख्नु भयो ?
मुख्य समस्या भनेको नागरीकमा चेतनास्तरको कमी हो । स्थायी डम्पिङ्ग साईडको पनि समस्या छ । उद्योग बाणिज्य संघले अभियानको नेतृत्व गरेर ५१ औं हप्ता सम्म सञ्चालन गरिरहदा उपमहानगरपालिकालाई एउटा स्थायी डम्पिङ्ख बनाउनु पर्छ , फोहर प्रशोधन केन्द्र बनाउनु पर्छ भन्ने जस्ता दवाव पनि शिर्जन गरेका छ । यहाँको फोहर व्यबस्थापनको समस्या भन्नुपर्दा अब्यबस्थित नाला, ट्राफिक व्यबस्थापन, बजार व्यबस्थापन लगायतका समस्याहरु छन् ।

प्रसंग बदलौ, तुलसीपुर उद्योग बाणिज्य संघको यस अघि अध्यक्ष पनि हुनुहुन्थ्यो, तपाईहरुकै पहलमा सर्बसहमती रुपमा नेतृत्व पाएको छ, नयाँ कार्यसमितिले यहाँका व्यबसायीको सुरक्षाका लागि के गर्नुपर्ला ?
पछिल्लो समय व्यापारीहरुले असुरक्षित महशुस गर्नुपर्ने अबस्था छ । जनप्रतिनिधिहरु आएपछि केही राहातको महशुस भएको छ । व्यबसायीको सुरक्षाको लागि अहिलेको नेतृत्वले गम्भीर रुपमा लिनुपर्छ । सुरक्षित व्यबसाय गर्ने वातावरण तयार गर्नुपर्छ । उद्योगा बाणिज्य संघको अहिलेको टिम पनि सक्षम छ । यहाँको सम्बृद्धि, व्यबसायी हकहित, व्यबसायीका ऐजेण्डा, दोहोर करको समस्या, भान्सार समस्या समाधान लगायतका कुराहरुलाई नयाँ टिमले अगाडि बढाउनु पर्ने छ । साथै तुलसीपुर उद्योग बाणिज्य संघले निर्माण गर्ने भनेको सभागृहको कामलाई थालनी गर्नुपर्ने छ । साथै यहाँका बिकास निर्माणको कामलाई अगाडि बढाउनु तुलसीपुर उद्योग बाणिज्य संघको भुमिका महत्वपुर्ण हुने छ ।

तीन बर्षै कार्यकालको अनुभब ?
अनुभब थुपै्रे भए । राम्रा, नराम्रा थुप्रै भए । पोजिटिभ लाई मात्रै आत्मसाथ । टिमले उठाएका कुराहरु पुरा गर्न सफल , सम्बृभिद्ध, बिकास, व्यबसायी हकका, उद्याग बा िप्रपटी जोडुने , राम्रो सम्बधन् राख्न सफल १०४ मध्य टप लेभलमा , तुलसीप्ुरालार्य चिनाउन सफल भएका छौं । सफल भएको छ ।

तपाईको नेतृत्वमा थुप्रै बिकास निर्माणका काम पनि भए , त्यस मध्य टरिगाउँ एयरपोर्टलाई सञ्चालनमा ल्याउन पनि पहल थाल्नु भयो , तर लामो समय सम्म सञ्चालन हुन सकेन, त्यसको कारण के हो ?
तुलसीपुरमा ईन्धन डिपो स्थापन नहुँदा एयरपोर्ट सञ्चालनमा समस्या आएको हो । ईन्धन डिपो नहुँदा यहाँका यात्रुहरुलाई महंगो भाडा तिर्नुपर्ने अबस्था रहयो । जसले गर्दा पनि नियमित हवाई उडानमा समस्या हुने गरेको छ । अब २÷३ महिना भित्रै तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग बाणिज्य संघको पहलमा गोमाय एयरको जहाज सञ्चालनमा आउने छ । त्यसका लागि हामीले तयारी गरेका छौं । दाङको सम्बृद्धि र ईज्जतको बिषय जोडिएकाले हामीले जसरी पनि टरिगाउँ एयरपोर्टलाई सञ्चालनमा ल्याउनु पर्छ । अर्को कुरा हामीले दाङमा बैकल्पिक एयरपोर्टको व्यबस्था पनि गर्नु पर्छ । दक्षिण यसियाकै ठुलो उपत्यका भनेर चिनिने दाङमा बैकल्पिक एयरपोटएको व्यबस्था गर्नु अतिआबश्यक पनि छ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा ५१ औं हप्ता सम्म सञ्चालन भएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानमा सहयोग गर्नुहुने सबै सरकारी तथा गैरसरकारी संस्थाहरुलाई धन्यबाद र तुलसीपुर उद्योग बाणिज्य संघको तीन बर्षे कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिन चहान्छु ।
धन्यबाद ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्