म्यानपावर कम्पनीको धरौटी परिमार्जन,कम्पनीलाई तीन तहमा वर्गीकरण



२८ माघ काठमाडौं- म्यानपावर कम्पनीको धरौटी फेरि परिमार्जन गरिएको छ । यसअघि सरकारले ५ हजारभन्दा बढी पठाउनेको ६ करोड र त्यो भन्दा कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै संसदमा विधेयक दर्ता गरेको थियो। सोमबार बसेको कानून समितिको बैठकले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेर पेश गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।

यस्तै वार्षिक एक सय जना पनि कानमदार नपठाउने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि एक सय जना कामदार पठाउन नसके म्यानपावर खारेज गर्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ।

एक घरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्‍चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि कानून समितिले गरेको छ।

समितिले यो विधेयक मंगलबार बस्‍ने संसदमा पेश गर्ने पनि निर्णय गरेको छ । यसअघि सबै म्यानपावर कम्पनीको धरौटी सात लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था रहेको थियो।

स्रोत deshsanchar.com

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्