भिडियो

खेल्न जादा मलाई भुत भनेर हास्छन: तातो तेलमा आधा भाग जलेका शिशिर खड्का

By थाहा अनलाइन

February 11, 2019

जिन्दगीमा कस्लाई कति बेला दुखले घेरछ् कसैलाई थाहा नहुने रहेछ। यस्तेै प्युठान नगरपालिका ३ सेपुङ निवासी राजु खड्का र यसोधा खड्काका तिन बर्षीय छोरा शिशिर खड्का पनि तातो तेलमा परी शरीरको आधा भाग जलेर घाइते भएका छन । तेलमा परि उनको टाउको अनुहार हात सबै जलेको छ। तिन बर्षको उमेरमै उनीमाथी बज्रपात पर्यो स्वास्थ्य पनि निकै कमजोरे भएको छ। परिवारको आर्थिक अवस्था पनि निकै दयनिय रहेको र उपचारको क्रममा १३ लाख बढि खर्च भइसकेको छ । थप उपचारका लागी धेरै पैशा लाग्ने तर आफु सगँ कुनै पनि स्रोत साधन आय आर्जन र पैसा आउने बाटो नभएको बाबु राजु खड्काले बताए। हाल सम्म बाह्र वटा अप्रेशन गरीसकेको र अझै चार वटा अप्रेशन गर्न वाकी रहेको बताए। बालक शिशिरको यतिबेला उपचार राजधानीको किर्तिपुरमा भैरहेको छ। शिशिरको उपचारमा आर्थीक अभाबका कारण उपचारमा समस्या भएको छ। ।करीब चार महिना पहिले देखि शिशिरको उपचार निरन्तर भइरहेको छ। अझै उपचारमा कति पैशा लाग्ने थाहा नभएको उनका वावु राजु खड्काले बताए। कुराकानीको क्रममा बालक शिशिरले भन,े वाहिर खेल्न जादा मलाई भुत भनेर हास्छन। कति पिडाडायी जिन्दगी छ भनिन्छ सेवा नै धर्म हो रे त्यसैले उनको उपचारमा सहयोग गर्न चाहानु हुन्छ भने तलको मोबाइल नम्बर  मा सम्पर्क गर्न सक्नुहुनेछ। 9868280634

https://www.youtube.com/watch?v=l79_F06MNu4&fbclid=IwAR0XL1Le8-ziAAieM_28-l37unGmfxOfx198b7-wVcs2aym_ZVP15GUdoT0