जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली



 

सैघाली खबर
दाङ ३२ , साउन
जिल्ला समन्वय समितिको प्रमुख जितेन्द्रमान नेपाली निर्विरोध निर्वाचित भएको छन । वुधवार सम्ममा निर्वाचनमा नेपाली निर्विरोध चयन भएका हुन । लामो समय देखी दलित आन्दोलन संगै सक्रिय सामाजिक र राजनितिक जिम्मेवारी निर्वाह गर्दै आईरहेका नेपाली जिल्ला समन्वय समिति दाङको प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै जिल्ला समन्वय समिती उप–प्रमुखमा श्रीधर शर्मा पौडेल निर्वाचित भएका छन । प्रतिस्पर्धी नित्यानन्द शर्मा लाई ४ मतले पछि पार्दै पौडेल उप–प्रमुखमा निर्वाचित भएका हुन । जम्मा  २० मत मध्ये पौडेलले १२ र शर्माले ८ मत प्राप्त गरेका थिए ।

त्यस्तै सदस्यहरुमा बबई गाँउपालिकाका ७ का जक्त वहादुर वस्नेत निर्वाचित भएका छन । उनले १९ मत प्राप्त गरेका थिए । त्यस्तै सदस्यमा घोराही उप–महानगरपाकिला ५ की लोका कुमारी विश्वकर्मा निर्वाचित भएकी छिन । उनले शत प्रतिशत मत प्राप्त गरी सर्वाधिक मतका साथ सदस्य पदमा निर्वाचित भएकी हुन । त्यस्तै दलित तथा अन्य अल्पसंख्यक समुदाय तर्फ वाट गढवा गाँउपाकिाल १का देविलाल थारु निर्वाचित भएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्