मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधन हुन्छ -प्रचण्ड



सिरहा।पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि पहल भइरहेको बताएका छन।

उनले मधेसी जनताको आवश्यकताअनुसार संविधान संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफुु र उपेन्द्र यादवले हस्ताक्षर गरेको बताए । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहमा यस्तो बताएका थिए।

उनले मधेसको विकास निर्माणमा सरकारको सधै ध्यान रहेको बताएका छन। ‘नेकपाले मधेशमा पुर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ छ ।

धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागि परेको अध्यक्ष प्रचण्डको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्