व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्तावमा छलफल शुरु



सैघाली खबर
काठमाडौं,१ भाद्र

व्यवस्थापिका संसदमा चार महिनादेखि विचाराधीन संविधान संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने भएको छ । चैत २९ गते संसदमा दर्ता भएपछि राजनीतिक विवादमा फसेको यस विधेयकमा हिजो दफावार छलफल सुरु भएको हो । संशोधन दर्ता गर्ने सांसदले विधेयकमाथि धारणा राख्ने क्रम सुरु भएको छ । अब भदौ ४ गते बस्ने बैठकमा पनि संशोधनकर्ताले धारणा राख्ने क्रम जारी रहनेछ । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमाथि ५० संशोधन दर्ता भएका छन् । प्रतिपक्षी दल एमालेका सांसदका ३१ वटा संशोधन छन् । सत्तारुढ दल र असन्तुष्ट मधेसी दलको संयुक्त संशोधन पनि दर्ता भएको छ । सत्तारुढ दलका सांसदहरूको फरक फरक संशोधन पनि छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्