अब चुला चौकामा मात्र सीमित छैनन् महिला, उदाहरणीय काम गर्दै देविशा



केही समय अगाडी महिलाहरु घर परिवारको चुलो चौकामा मात्र सीमित थिए । तर अहिले महिलाहरुले पुरुषले गर्ने व्यापार व्यवसाय र घरभन्दा बाहिरका काम समेत गरेर उदाहरणीय बनिरहेका छन् । उनीहरुले यो समाजको भ्रमलाई हटाएर यथार्थमा हामी पुरुष भन्दा केही कम छैनौं भन्ने प्रमाणित गरेका छन् ।

त्यस्तै पुरुषको कपाल काटेर देविशा शर्मा अहिले कैंचिवालीका रुपमा चर्चामा आएकी छिन् । उनी काठमाडौं महलमा रहेको आफ्नै सैलुनमा केटाहरुलाई सेवा दिँदै आएकी छिन् ।

उनी केटाहरुको कपाल उनीहरुले भने अनुरुपको काटिदिने गरेकी छिन् । त्यही कारणले अहिले उनी कैंचिवालीका रुपमा चर्चित भएकी छिन् । उनै कैंचिवालीको कामको बारेमा अझ जानकारी पाउँनको लागि भिडियो अन्त्यसम्म हेर्नुहोस्

https://youtu.be/-P2OnfBqXjU

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्