मुख्य समाचार

भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउ

By थाहा अनलाइन

February 12, 2019

२९ माघ, काठमाडौं । दाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुईवटा लोड बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पुनले मादक पदार्थ सेवन गरी सोही गाउँपालिकाका ५५ वर्षे तिलक डांगीसँग विवाद हुँदा बन्दुकले मार्छु भनी बन्दुक निकालेका थिए । सोही सूचना प्रहरीले पाएपछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।