दरखाने पैसा बाढी पीडितलाई



सैघाली खबर
दाङ, १ भदौ 


तुलसीपुरमा तिज बिशेष कार्यक्रम भएको छ । पशुपति महिला बचत तथा ऋण सहकारी संस्था तुलसीपुरको आयोजनामा कार्यक्रम भएको हो ।

साथै दर खानेपैसा बचाएर बाढी पीडितलाई राहात स्वरुप संकलन पनि गरेका छन् । संस्थाका अध्यक्ष देवा बस्नेतले आफ्नी आमाको सम्झनामा एक हजार ५, त्यस्तै तुलसीपुर ९ की लक्ष्मी वलीले दुई सय रुपैयाँ, पुष्पा वली पाँच सय रुपैयाँ, कुसुम सुबेदीले तीन सय रुपैयाँ, झुक्की बस्नेतले पाँच सय रुपैयाँ राहात संकलन गरेकी छिन् । संस्थाकी अध्यक्ष प्रभा खड्काको अध्यक्षता तथा बृद्ध सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उपाध्यक्ष देवा बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नवनिर्बाचित वडा नं. ६ का वडा सदस्य यमुना परियार, उत्थान बिकास समितिको केन्द्रीय सदस्य मिना नेपाली, बादी महिला समुहकी जिल्ला अध्यक्ष सितारा नेपाली, बृद्ध सेवा समितिका सदस्य खेमराज अधिकारी, नगर महिला संजालका कोषाध्यक्ष ईश्वरा महतारालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब शुसिला भट्टराईले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्