बादी समुदाय उत्थान बिकास समिति खारेज नगर्न सरकार माग



काठमाडौँ– सरकारले वादी समुदाय उत्थान विकास समितिको खारेजी गर्न थालेको भन्दै बिरोध थालेका हुन ।वादी अभियान संघर्ष समितीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी विकास समिति खारेज नगर्न भन्दै १५ दिनको अल्टिमेट दिएको छ ।वादी समुदायको आन्दोलनबाट स्थापित भएको विकास समितिलाई सरकारले समुदायभन्दा बाहिर गएर खारेज गर्न लागेको भन्दै त्यसको विरोध गरेका हुन ।

राज्यको एकमात्र संयन्त्र बादी समुदाय उत्थान विकास समितिलाई खारेज गरी पुनः राज्यको पहुँचबाट बादी समुदाय प्रतिनिधित्व बिहिन बनाउने अवस्था सृजना गरेको भएको कारण विकास समिति खारेज नगर्न माग गरिएको वादी अभियान संघर्ष समितिका संयोजक रत्नबहादुर नेपाली वादीले बताउनुभयो । सरकारले आमबादी समुदायको भावना अनुरुप विकास समिति खारेज गरे चरनबद्ध आन्दोलन गर्ने समेत जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्