बाढी पीडितको राहत संकलनका लागि संस्कृतिक कार्यक्रम



सैघाली खबर
दाङ १ भदौ 


दाङका बाढीपडीतहरुको सहयोगको लागि तुलसीपुरमा सांस्कृतिक कार्यक्रम हुन लागेको छ । तुल्सीपुरमा यही भदौ २ र ३ गते हुने बृहत सांकृतिक कार्यक्रमको तयारी समेत पुरा भएको आयोजकले जानकारी दिएको छ ।

डिएल डान्स एकाडेमी तुल्सीपुरको आयोजना तथा ड्रिम होस्टेलको सहआयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा कलाकार पुस्कल शर्मा, तिलक वली,दुर्गेस थापा, भुमिका गिरी, ध्रुब कमेडी,लोसीना लामिछाने, संगीत थापा, मनिशा रोका, नबराज जिएमलगायतको प्रस्तुती रहने छ । कायक्रममा बृद्ध तथा अपाङहरुलाइ निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको छ । सर्बसाधारणका लागि ४० रुपैयाँको टिकेटको व्यबस्था गरिएको कार्यक्रम व्यबस्थापक तेज वलीले जानकारी दिए ।

साथै कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । डिएल डान्स एकाडेमीका सञ्चालक द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा रिपार्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, पत्रकार बालाराम खड्का, चेतन रेग्मी लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । सहजीकरण कार्यक्रम व्यबस्थापक तेज वलीले गरका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्