२४ औ जनयुद्ध दिवश



जनयुद्ध सुरुवातको दिन ०५२ फागुन १ गतेको महत्वपूर्ण कारबाहीमध्ये रोल्पाको होलेरी चौकीमाथिको आक्रमण पनि एक हो । होलेरी आक्रमण पहिलो दिन फागुन १ गतेको अघिल्लो दिन साँझ होलेरीबाट करिब चार घन्टा टाढाको एक गाउँमा लडाकु जम्मा भए । दाङबाट रोल्पा जाने बाटो पछिसम्मका लागि खोल्ने तथा दाङसहरी क्षेत्रमा पनि प्रभाव पार्ने । एक महिनाअगाडिबाट नै तयारी सुरु भयो । होलेरी आक्रमणका कमिसार कृष्णबहादुर महरा बने । वर्षमान पुन र नन्दकिशोर पुन पासाङको नेतृत्वमा कारबाही गर्ने निर्णय भयो ।


होलेरी आक्रमणका लागि पार्टीसँग भएका दुई राइफलमध्ये एउटा गोरखादेखि रोल्पा ल्याउँनु पर्ने थियो । यो काम त्यसबेला रोल्पा जिल्ला विकास समितिका सभापति रहेका झक्कुप्रसाद सुवेदीले सजिलै गरे । उनी जिल्ला विकास समितिको गाडी लिएर गोरखा गए । राइफललाई गाडीमा लुकाए, अनि आफू पनि सोही गाडीमा बसेर सीधै रोल्पा फर्के । बाटोमा सभापतिको गाडीलाई चेकपोस्टका प्रहरीले सलाम ठोकेर पास गरे । प्रहरीलाई के थाहा आफ्नै साथीहरूलाई प्रहार गर्न राइफल बोकेर ल्याउँदै छ भनेर एउटा पुरानो मोडेलको थ्री नट थ्री राइफल, दुइटा पुराना बारबोरको बन्दुक, सातवटा भरुवा बन्दुक, घरेलु हाते बमहरू, केही खुकुरी । यिनै थिए हतियार । फागुन १ गतेको अघिल्लो दिन साँझ होलेरीबाट करिब चार घन्टा टाढाको एक गाउँमा लडाकु जम्मा भए । कमिसार महराले राजनीतिक प्रशिक्षण दिए– यस कारबाहीको महत्वबारे । पासाङले फौजी योजनाबारे प्रशिक्षण दिए । साँझ खाना खाइसकेर अँध्यारो भएपछि योद्धाहरूलाई महराले बिदाइ गरे ।

झण्डै रातको १२ बजे राती चौकीनजिक पुगेपछि सबैलाई सतर्क भएर आ–आफ्नो जिम्मेवारीअनुसार कारबाहीका लागि तयार रहन पासाङले आदेश दिए । एकैछिनमा सबै चौकीमा पुगे । पासाङले चौकी घेर्न आदेश दिए । चौकी घेरिसकेपछि आक्रमणको आदेश दिए । हातेबमहरू पड्किन थाले । प्रहरीलाई जनयुद्धको सुरुवात भएको र आत्मसमर्पण गरी हतियार बुझाउन भनियो । प्रहरीहरूलाई नमार्ने नीति भएकाले शान्तिपूर्वक आत्मसमर्पण गर्न भनियो । प्रहरीहरू सबै आश्चर्यमा परे । उनीहरूले चौकीका सबै झ्यालढोकाहरू बलियो गरी बन्द गरे । बाहिरबाट प्रहरीहरूलाई जनयुद्धबारे भाषण दिएर सम्झाइबुझाई हतियार बुझाउन लगाउने प्रयास तीव्र भयो ।

तर, प्रहरीहरूले न त हतियार दिन तयार भए न त आफूसँग भएका राइफलहरूबाट बाहिर आक्रमण गर्न आएकाहरूलाई नै गोली हाने । प्रहरीहरूले भित्रबाट भन्न थाले– हामीलाई केही थाहा छैन, हतियार दियो भने हाम्रो जागिर जान्छ र हामीलाई मार्न पनि सक्छ । बाहिरका लडाकुहरूले सम्झाउन प्रयास गर्दै गरे । तर, सबै प्रयास विफल भए । पासाङले पुनस् फायर खोल्ने आदेश दिए । राइफल, अरू बन्दुकबाट भm्याल–ढोकाहरूमा प्रहार हुन थाल्यो । हाते बमहरू पmेरि विस्फोट हुन थाले । तर, भित्रबाट कुनै प्रहार भएन । झ्यालढोकाहरू बलियो गरी बन्द गर्नेमा नै प्रहरीहरूले आफ्नो शक्ति लगाए । बिहान हुन थाल्यो । प्रहरीहरू भन्दै थिए– हतियार त कुनै हालतमा दिन मिल्दैन । बरु हामीलाई मार्नुस् अनि हतियार लग्नुस् । कमान्डरहरूले हतियार कब्जाबिना फर्किने निर्णय लिए र सबै टोलीलाई फर्कने आदेश दिए । पहिलो दिनमै कसैलाई पनि नमार्ने नीति भएकाले छापामारहरूले यस्तो निर्णय लिए । छापामारहरूको आक्रमण योजनामा पनि कमजोरी देखियो ।
यी प्रमुख कारबाहीहरूसँगै विभिन्न खालका अन्य प्रचारात्मक कारबाहीहरू पनि व्यापक रूपमा भए ।

 

पर्चा छर्ने, पोस्टर टाँस्ने, मसाल जुलुस, सांस्कृतिक जुलुस आदि व्यापक रूपमा भए । गाउँ–गाउँमा लालआतङ्क छायो । गाउँका जालीफटाहा सामन्त धनीमानीहरू निशानामा पर्न थाले । उनीहरूलाई नमार्ने तर आमरूपमा कुटपिट, मोसो दल्ने र हातखुट्टा भाँच्ने कारबाही व्यापक रूपमा हुन थाल्यो । उनीहरूको घर कब्जा गरी तमसुकहरू खोस्ने र जलाउने क्रम पनि तीव्र भयो । गाउँगाउँबाट शोषक जाली–फटाहाहरू भाग्न थाले । आतङ्क यति डरलाग्दो थियो कि एउटा गाउँको कारबाहीले वरपरका सात गाउँका जनमोर्चा माओवादी पार्टीका विरोधीहरू भाग्न थाले । पार्टी र जनवर्गीय सङ्गठनका सदस्यहरूले पनि कुनै न कुनै कारबाही गर्नुपर्ने अनिवार्य गरिएकोले कारबाहीको सङ्ख्या व्यापक हुन पुग्यो । जनयुद्ध सुरुवातको एक महिनाभित्र ६ हजारभन्दा बढी सानाठूला कारबाही भए ।

जम्मा दुईवटा पुरानो मोडेलका थ्री नट थ्री राइफल, त्यसमध्ये पनि एउटा बिग्रेको, देशैभरि गरेर करिब चारवटा जति बारबोरका बन्दुक, करिब पचास थान भरुवा–बन्दुक जुन यथार्थमा अहिलेको युगमा युद्धमा प्रयोग हुँदैन, पृथ्वीनारायण शाहका पालामा यस्ता बन्दुक प्रयोग हुन्थे र अहिले केवल बाँदर धपाउन तथा चरा मार्न प्रयोग हुन्छ र ज्यादै आदिम खालका घरेलु हातेबमहरू जुनभन्दा त बरु बजारमा तिहारको बेला किन्न पाइने आलुबम नामको पटाका राम्रो र शक्तिशाली हुन्छ, जस्ता हतियारको भरमा पुरानो राज्य सत्ता ध्वंश गरेर गरिबहरूको राज्यसत्ता– नयाँ जनवादी व्यवस्था निर्माण गर्न माओवादी पार्टीले जनयुद्ध सुरु गयो ।

 

देशैभरि गरेर लडाकु दलमा सङ्गठित लडाकुहरू करिब १५० जना मात्र थिए तथा सुरक्षा दलमा करिब तीन सय मात्र थिए । प्रचण्डले पेस गरेको दस्ताबेजमा भनिएको थियो कि देशैभरि गरेर जनयुद्धको सुरुवातको क्रममा एक हजारभन्दा बढी नेता एवम् कार्यकर्ता भूमिगत भएका थिए ९दस्तावेजहरू पृष्ठ ३५३० । यसको अर्थ हो जम्मा कार्यकर्ता बढीमा करिब एक हजार मात्र थियो त्यो बेला । ती पनि सबै पूर्णकालीन थिएनन् । जनयुद्धको सुरुवातले गर्दा भूमिगत भएका करिब चालीस प्रतिशत थिए । तर, आफ्ना समर्थक जनतालाई समेत कुनै न कुनै रूपमा सामेल गराएकोले युद्धले व्यापक र भयङ्कर स्वरूप ग्रहण गर्न पुग्यो ।

यसलाई व्यापक र भयङ्कर बनाउन सञ्चारमाध्यमहरूको पनि ठूलो भूमिका रह्यो । कैयौँ सञ्चारमाध्यमहरूको प्रस्तुति यस्तोसम्म पनि थियो कि मानौँ माओवादीहरूले काठमाडौं नै कब्जा गर्न लागिसके । यसले एकातिर जनयुद्धको व्यापक प्रचारमा मद्दत ग(यो भने अर्कोतर्फ सरकारलाई दमन गर्न उक्साउन सहयोग पुग्यो । सञ्चारमाध्यममा १ गतेको कारबाहीपछि यही सशस्त्र सङ्घर्षको विषयले प्रधानता पाइरह्यो । दिनहँुजसो गाउँगाउँमा जाली–फटाहा सामन्तहरूमाथि तथा जनमोर्चाका विरोधीहरूमाथि कुटपिट, सम्पत्ति कब्जा, हातखुट्टा भाँचेकोजस्ता समाचारले पत्रिकाका पन्नाहरू भरिने हुन थाल्यो । पार्टी केन्द्रीय समितिले जनयुद्धको सुरुवातको चरणमा मान्छे नमार्ने निर्देशन दिएकोले तलका कार्यकर्ताहरूले आफ्नाविरोधीहरूलाई नमार्ने तर बाँचे पनि मरेजस्तै हुने गरी हातखुट्टा भाँच्नेलगायतका कारबाही गरे । यो कारबाहीको स्वरूप यति व्यापक हुन गयो कि पार्टी केन्द्रले निर्देशन दिएरै रोक्न बाध्य भयो ।

 

समर्थक जनता र पार्टी कार्यकर्ताले यो स्वरूपलाई राम्रैसँग प्रयोग गरे । बहुसङ्ख्यक कारबाहीहरू ठीक ठाउँमा परे पनि कैयौँ कारबाहीहरू सातपुस्ते रिस साँध्न तथा व्यक्तिगत रिस पोख्न पनि प्रयोग भए ।प्रचण्डले जनयुद्धको सुरुवात भएको एक वर्षपछि जनयुद्ध सुरुवातको समयको मूल्याङ्कन गर्दै लेखेका थिए, ‘देशका कैयौँ पहाडी जिल्लाका सम्पूर्ण ग्रामीण इलाकाहरूमा जनताले पहिलोपटक आफू मुक्त भएको र सच्चा जनवादको उपभोग गरेको महसुस गरे, किनकि प्रतिक्रियावादी सत्ताका स्थानीय प्रतिनिधि, सामन्त, जाली फटाहा र गुण्डाहरू गाउँ छोडेर राजधानी र जिल्ला सदरमुकामहरूमा पुलिसको शरणमा बसिरहेका थिए । स्थानीय रूपमा जनताले आफँैले सत्ताको वागडोर हातमा लिइरहेको प्रत्यक्ष महसुस गरे ।

प्रचण्ड जनयुद्धको सुरुवातका बेला काठमाडौंमा नै थिए । उपत्यकाका साथीहरूको प्रमुख काम नै नेताहरूलाई लुकाउने, दिनैपिच्छे ठाउँ सार्ने आदि हुन गयो । संस्थापक नरबहादुर कर्माचार्यले खोजिदिएको पाटनको डेरा प्रचण्डले छाडिसकेका थिए । तर, प्रहरीले प्रचण्डलाई त्यहीँ खोज्न गयो । बिचरा सरकारी संयन्त्र π प्रहरीले बाबुराम भनेर उनका भाइलाई पक्रेर थुन्यो । त्यसबेला क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन ९रिम०का एक प्रतिनिधि पनि काठमाडौंमा नै जनयुद्धको सुरुवात हेर्न बसेका थिए । जनयुद्धको सुरुवातको मिति रिमलाई जानकारी थियो । ती प्रतिनिधि जनयुद्ध सुरुवातको समाचार बाहिर व्यापक रूपमा आएपछि प्रचण्डलाई भेट्दा अँगालो हालेर खुसीका आसु झार्दै रोए । उनले नेपाली जनयुद्धको विश्वव्यापी महत्व रहने बताए र आफ्नो जीवनको सबभन्दा खुसीको क्षण यो नै भएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्