तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिताबारे छफल



इन्द्र नेपाली, तेह्रथुम ।

तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिता बिषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आठराई गाउँपालिका वडा न ७ थोक्लुङ्गको सामुदायिक भवनको हलमा आयोजित कार्यक्रममा मानव अधिकार , देवानी एेन ,फौजदारी सम्बन्धि व्यवस्था , संम्वन्ध बिच्छेद संम्बन्धि कानुनी व्यवस्था बहु बिबाह लगायतका बिषयमा छलफल भएको छ ।

७ नम्बर वाडका जनप्रतिनिधि, शिक्षक , महिला स्वास्थ्य स्वएम सेविका , महिला अधिकार मञ्चका प्रतिनिधि ,संन्चारकर्मी, स्थानीयबासी सहभागी कार्यक्रमको सहजिकरण अधिवक्ता छबि बास्कोटाले गर्नु भएको थियो ।
कानुनि व्यवस्था सम्बन्धि जानकारी स्थानीय स्तरमै गराउने उदेश्यका साथ आठराई गाउपालिकाको ७ वटै वडामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
आठराई गाउपालिका वडा न ४ को ईवा र वडा न ५ को छातेढुङ्गामा यस अघि नै कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाहरुले जानकारी गराएको छ ।
मंगलबार सम्पन्न कार्यक्रम एक्सन एड नेपाल तथा देउराली सोसाईटी तेह्रथुमको आर्थिक सहयोगमा महिला अधिकार मञ्चले आयोजना गरेकोे हो ।
कार्यक्रम वडा न ७ थोक्लुङका वडा अध्यक्ष रोहित कन्दङवाको प्रमुख आतित्यथा तथा महिला अधिकार मञ्च थोक्लुङका अध्यक्ष बिष्णु कुमारी कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्