ववइ नदीमा फेला परेको शबको पहिचान



सैघाली खबर
दाङ १ भदौ ।

 

मंगलवार ववई नदीमा फेला परेको शव पहिचान भएको छ । शब तुलसीपुर उपमहानगरपालिका ३ वल्ले निवासी ४६ वर्षे भिम बहादुर पाण्डे भएको ईलका प्रहरीकार्यालय तुलसीपुरले जनाएको छ ।

शबलाई मंगलवार अञ्चल अस्पतालको पोष्टमार्टम घरमा राखिएको थियो । वुधवार मृतकका छोरा र छिमेकीले पाण्डे नै भएको ठहर गरेपछि परिवारलाई शब बुझाईएको सञ्चार शाखाले जनाएको छ । साउन २९गते घरवाट तुलसीपुर जान भनि हिडेका पाण्डे ३१ गते ववई नदिको सितलपुर पुल भन्दा ५सय मिटर तल मृत फेला परेका थिए ।

मृतकको पोष्टमाटम पछि दाहसंस्कारका लागि वुधवार नै आफन्तले लगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
२९गते तरकारी विक्रि गर्न तुलसीपुर आएका पाण्डेले ३० गते परिवारमा फोन गरी आफु भारत जानलागेको र पछि फोन लाग्न नसकने भन्दै आफनो चिन्ता नलिन भनेको परिवारले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्