जनकपुरमा भ्रुण शिशू फेला !



फाल्गुन  १ काठमाडौँ ।  प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम स्थित जनकपुर अञ्चल अस्पतालको पछाडीमै एक मृत नवजात शिशू फेला परेको छ ।  जनकपुर अञ्चल अस्पतालको पश्चिमपट्टी रहेको गल्लीबाटोमा अन्दाजी ६ ७ महिनाको गर्भभ्रुन शिशु मृत अवस्थामा फेला परेको हो ।

विहानै मर्निंग वाकमा निस्केका सर्वसाधारणहरुले बीच सडकमै शिशुलाई देखेपछि तत्कालै अञ्चल अस्पताल नजिकै रहेको जानकी प्रहरी चौकीमा खवर गरेको थियो । भ्रुण शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शिशुलाई कसले र किन फालेको भन्ने बारे जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । घटनाको मुचूल्का उठाएपछि मात्र थप विवरण आउने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्