खानेपानीको समस्या हल गर्न सरकार गम्भीर छ -मन्त्री मगर



खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकावासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताएकी छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंवासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताएका हुन् ।उनले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताए ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मेलम्चीले नयाँ चुनौतीसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्योल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयूकेएल प्रतिवद्ध भएर लाग्नुपर्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्