आर्थिक

यातायात समितिहरुद्धारा १ लाख २२ हजार सहयोग

By थाहा अनलाइन

August 17, 2017

शरद रेग्मी तुलसीपुर भदौ १ । वाढीपीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागि निर्माण गरिएको मेयर विपद व्यवस्थापन कोषमा रकम थपिने क्रम निरन्तर जारी रहेको छ । तुलसिपुर क्षेत्रका यातायात व्यवसायी समितिहरुले १ लाख २२ हजार नगद रुपैया तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्त रुपमा सो रकम वाढिपिडितहरुको सहयोगार्थ जम्मा गरिएको हो ।

यसरी सहयोग गर्ने समितिहरुमा राप्ती अन्चल वस व्यवसायी समितिले २५ हजार,राप्ती अञ्चल साना माल वाहक समितिले २१ हजार, तुलसीपुर जिप तथा माइक्रोवस व्यवसायी समितिले २१ हजार, राप्ती अन्चल ट्रक व्यवसायी समितिले २३ हजार, दाङ्ग जिल्ला टे«क्टर व्यवसायी समिति, रोट्रयाक तुलसीपुर सिटीले १६ हजार दुईसय,अम्विकेश्वरी सार्वजनिक राप्ती समितिले २१ हजार गरि कुल २ दिनमै २ लाख ४३ हजार ८ सय ५१ रकम जम्मा भएको छ ।

तुलसीपुर नगर जेसिजले १९ हजार ५ सय, यसैगरि रोटरी क्लव तुलसीपुर सिटीले २५ हजार,तुलसीपुर उपमहानगरपालिका निवासी क्यानडाका लागि नेपाली पर्यटन दुत लालवहादुर पण्डितले कोषमा ५१ हजार १ सय ५१ ,इन्भेष्टमेन्ट वैकमा रहेको कोषमा सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न कोषका संयोजक मेयर घनश्याम पाण्डेले सार्वजनिक अपील गर्नुभएको छ । यसअघि तुलसीपुर उपमहानगरपालिकाले सो कोषमा २५ लाख रुपैया जम्मा गरिसकेको छ ।