प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले प्राप्त गरेका उपलब्धीलाई समेटेर सम्बोधन गर्न लाग्नु भएको हो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्