बलले लागेर पाकिस्तानमा एक क्रिकेटरको मृत्यु



सैघाली खबर,
भदौ १ – पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ ।

बलले लागे लगतै अहमदलाई अस्पताल लगिएको भएपनि बचाउन भने सकिएन ।
पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधन भएको पुष्टि गरेको छ ।

बोर्डले परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ । बोर्डले सबै खेलमा अनिवार्य रुपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्