मौसम

आजदेखि तीन दिन देशभरी कै मौसम बदली,मेघगर्जनसहित पानी पर्ने सम्भावना

By थाहा अनलाइन

February 14, 2019

आज फेरी मौसममा परिवर्तन आएको छ। आजदेखि तीन दिन उपत्यका सहित देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने र सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । आज देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।