साँझा धारणा विकास गराउछु ः नवनिर्वाचित अध्यक्ष भुषाल



सैघाली खबर
दाङ १ , भदौ
दाङ जिल्ला उद्योग वाणिज्य स्ांघका नवनिर्वाचित अध्यक्ष नारायाण् प्रसाद भुषालले संघ र व्यावसायिक विकासका लागि अवको नेतृत्व लाई साँझा वनाईं लैजाने वताएका छन । सैघाली खबर संग कुराकानी  गर्दै नवनिर्वाचित अध्यक्षले निर्वाचनको मैदानमा जुन खेमा वाट उत्रिए पनि निर्वाचन पछि हामी व्यावसायिक र संघको विकासका लागि नै निर्वाचित भएकाले साझाँ धारणाको विकास गरी अवको नेतृत्व लाई साँझा नेतृत्वको रुपमा विकास गरिने वताए ।   उनले भने– हिजो हामी जुन खेमामा उभिए पनि अव हामी व्यावसायिक विकासका उभिनु पर्ने भएकाले सवै नेतृत्व लाई साँझा नेतृत्वको रुपमा लैजाने उनले वताए ।

संघको नवनिर्वाचित नेतृत्वमा संयुक्त प्यानल वाट अध्यक्ष सहितको ३ जना सदस्य निर्वाचित भएका छन । भने प्रजातान्त्रिक प्यानल वाट उद्योग उपाध्यक्ष हुदै १० जना निर्वाचित भएका छन । यसरी हेर्दा प्रजातािन्त्रक प्यानलको नै संघको नयाँ नेतृत्वमा व्रजश्व रहेको छ ।

जिल्लार्का आर्थिक विकास र निजि क्षेत्रको प्रर्वद्धनका लागि संघको नेतृत्व लाई एक ढिक्का हुनु पर्ने उनको धारणा छ । अवको नेतृत्व लाई साँझा वनाउने सवै पदाधिकारीहरुको जिम्मेवारी र दा्ियत्व रहेकाले संघ लाई व्यावसायिक विकासमा साझा वनाई लैजाने उनले वताए । उनले भने – दाङ प्रादेशिक राजधानीको पनि चचाृ वोकी रहेको छ ।

संघले विगत देखी राजधानी स्थापनाका लागि धेरथोर प्रयास गर्दै आईरहेको छ । त्यो प्रयास लाई पनि पुर्णता दिने उनले वताए । व्यावसायिक समस्या लाई साझा समस्याका रुपमा स्थापित गरी सवैको व्यावसायिक समान पहुच र अधिकारको अवधारणा निर्माण गरी व्यावसायिक विकासका लागि काम गर्ने छौ । अवको नेतृत्व पार्टी मुखी नभई व्यावसायिक मुखी संघ वनाउने छौ । साझा धारणाको विकास गरी संघ लाई व्यावसायिकमुखी वनाउने छौ । साथै नवनिर्वाचित अध्यक्षले मतदान गरी जिताउनु हुने सम्पुर्ण व्यावासायिक मतदाताहरु धन्यावाद ज्ञानप गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्