आइतबार सम्म पानी पर्ने पूर्वानुमान



काठमाण्डौ – उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि नै देशभरको मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।मौसमविद् प्रधानाङ्गका अनुसार बिहीबारदेखि सक्रिय यो प्रणाली आउँदो आइतबारदेखि मात्रै कमजोर हुने देखिएको छ । यसकै प्रभावले शुक्रबार देशभरी कै मौसम खुल्ने सम्भावना छैन ।

केही ठाउँमा मौसम खुलेपनि एकैछिनमा बदली हुनेछ । शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ । यस्तै, उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । तर गएको शुक्रबार र शनिबारको जस्तो ठूलो वर्षा र भारी हिमपातको संभावना भने नरहेको उहाँले बताउनुभयो ।गएको हप्ता पश्चिमी वायुसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले ठूलो पानी र धेरै हिउँ परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्