तपाईंको ट्वीटमा लाइक्स र रिट्विट घटिरहेका त छैनन् ? कारण यस्तो छ



माइक्रो ब्लगिङ साइट ट्विटरमा प्रयोगकर्ताहरुले ट्विटमा प्राप्त हुने लाइक्स तथा रिट्विटको संख्या अस्वभाविक रुपमा घटबढ हुने गरेको गुनासो गरेका छन् । खासगरी रिट्विट र लाइक्स लगातार डिलिट हुने गरेको र रिट्विट्सको संख्यामा भारी उतारचढाव हुने गरेको प्रयोगकर्ताको गुनासो छ ।

यसैबीच ट्विटरले उक्त गुनासोको सुनुवाए गर्दै प्रयोगकर्ताका ट्विटहरुमा लाइक्स र रिट्विटको संख्या घटबढ गराइरहेको भाइरसको समाधानका लागि काम भइरहेको जनाएको छ ।ट्विटर सपोर्टले एक ट्विटमा भनेको छ, ‘विश्वभरका केही प्रयोगकर्ताले नोटिफिकेसन्स, लाइक्स तथा रिट्विटका सम्बन्धमा विभिन्न खाले समस्या भोगिरहेका छन् । हामी यसको समाधान गर्नका लागि काम गरिरहेका छौँ र त्यसको जानकारी छिटै दिनेछौँ । असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’

यद्यपि, ट्विटरले बगको कारण खुलाएको छैन र बगको समस्या कहिले समाधान हुने भन्ने मिति पनि तोकेको छैन । टेक क्रन्च वेबसाइटको रिपोर्ट अनुसार, बगकै कारण धेरै ट्विटर अकाउन्ट सस्पेन्ड भइरहेको र कतिपयका ट्विट पनि डिलिट भइरहेको घटनाको भेउ प्रयोगकर्ताले पाउन सकिरहेका छैनन् ।

ट्विटरका मासिक सक्रिय प्रयोगकर्ता २३ करोड ६० लाख रहेकोमा यस बगबाट कति प्रभावित छन् भन्ने यकिन तथ्यांक आएको छैन ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्