घोराही –१४ ले उत्कृष्ट महिला स्वास्थ्यस्वंयम सेवीकालाई पुरस्कृत गर्ने



घोराही –उपमहानगरपालिका वडा नं. १४ ले वडामा काम गर्दै आएका उत्कृष्ट महिला स्वास्थ्यस्वंयम सेवीकालाई पुरस्कृत गर्ने भएको छ । महिला स्वास्थ्यस्वय्म सेविकाको प्रथम अर्ध–बार्षिक समिक्षा कार्यक्रममा बोल्दै घोराही उप–महानगर पालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले यस्तो बताउँनु भएको हो । नागरिकको सबै थुलो धन भनेकै स्वास्थ्य भएको बताउँदै टोल टोलमा पुगेर स्वस्थ्य नागरिक उत्पादनका लागि लागि भुमिका खेल्ने स्वंयम सेवीकालाई दक्षताका आधारमा सम्मान तथा पुरस्कृत गर्ने बताउँनुभयो । स्वंयम सेवीका लागि काम गर्दा जनप्रतिधीलाई कुनै विभेद नगरेको भन्दै नागरिक र स्वंयम सेवीकाको संम्बन्धलाई नङ र मासुको जस्तै बनाउँन आग्रह गर्नु भयो ।


कार्यक्रममा बोल्दै वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले काम गर्ने वातावरण सहज बनाउँनका लागि काम गर्नुपर्ने बताउँनुभयो । बर्षदिन सम्म स्वंयम सेवीकाले एक जोड ड्रसको भरमा काम गर्न बाध्य भएको बताउँदै यसबारेमा राज्यले निति बनाउँन आबश्यक भएको वताउानुभयो । कार्यक्रम शहरी स्वास्थ्य केन्द्रका संयोजक एवं वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वंयम सेवीका विणा खनाल,धना जि.सि. लगँउतले बोल्नु भएको थियो । कार्यmमको संचालन राधा पौड्लले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्