नेपाल रेडक्रस सोसाइटी तुलसीपुरले राहत वितरण कार्यक्रम

By थाहा अनलाइन

August 17, 2017

सैघाली खबर, दाङ १ भदौ। माध्यामिक बिधालय कालोखोलाका बाढी पिडीत शारीरीक अपाङ बिधार्थीहरुलाई नेपाल रेडक्रस सोसाइटी तुलसीपुरले राहत वितरण गरेको छ।

लगातारको बर्षापछि आएको बाढीका कारण बिधालयका छात्रवासमा रहेका एक दर्जन बढी बिधार्थी प्रभाबित भएका थिए। बाढीले उनीहरुको ओढ्ने, बिच्छ्याउने , लत्राकपडा प्रयोग गर्न नमिल्ने गरी नोक्सान भएको थियो।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष साउने चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एबं वडा नं ७ का वडा अध्यक्ष टोप बहादुर के सी , नेपाल रेडक्रस सोसाइटी दाङका उपसभापति इस्वर प्रोखल , कार्यपालीका सदस्य दिपक कुमालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा शारीरीक अपाङ बिधार्थीहरुलाइ राहत बितरण गरीएको हो,।