सैघाली खबर,
काठमाडौं १ भदौ । लगातारको वर्षापछि आएको बाढीले बर्दियामा झण्डै ७५ हजार प्रभावित भएका छन् ।
जिल्ला दैवी प्रकोप उद्दार समितिका अनुसार ७४ हजार ३२९ जना प्रभावित भएका छन् । उनीहरुमध्ये २४ हजार ७३४ जनाले ४१ स्थानमा स्थानमा आश्रय लिइरहेका छन् ।
पाँच ठाउँमा स्वास्थ्य शिविर चलाइएको छ । धेरै जसोमा रुघाखोकी, ज्वारो, चिलाउने र हातखुट्टा दुख्ने समस्या देखिएको छ ।
बाढीका कारण २ हजार १७३ घरधुरी पूर्ण रुपमा र ८ हजार ९६२ घरधुरी आंशिक रुपमा प्रभावित भएका छन् ।
जिल्लामा बाढीमा परी ५ जनाको मृत्यु भएको छ । ९ हजार ६०१ जनाको उद्दार गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।