दाङमा तरकारी अभाव



सैघाली खबर,
घोराही १ भदौ । 
लगातार परेको पानीका कारण बाडी पहिरो जादा दाङमा आयात हुने तरकारीहरु नआउदा तरकारीको अभाब भएको छ । वाढीका कारण जिल्लामा यातायात सेवा नियमित रुपमा संञ्चालन हुन नुक्दा दाङमा तरकारी आयात ठप्प वनेको छ ।

भने वाढीका कारण तरकारी वालीमा क्षतिपुग्दा तरकारी अभाव भएको कृषि उपज बजार सञ्चालन समितीका अध्यक्ष गुलाम रसुलले जानकारी दिनुभयो । दाङमा पहाडी जिल्ला रोल्पा ,सल्यान र रुकुम बाट नियमित तरकारी आयात हुने गरे पनि वर्षातका कारण वाटो विग्रिएकाले तरकारी आयात ठप्प वनेको रसुलले वताउनु भयो ।
किसानहरु आफै तरकारी लिएर आउछन हामीले राख्दा नै चर्को मुल्यमा राख्ने गरेको बताउनु भयो । रोल्पाको निगलपानी,सल्यानको कपुरकोट बाट डोका र घोडामा तरकारीहरु आउने गरेको र त्यसकारण पनि मुल्य बृद्धि भएको बताउनु  भयो ।

काउली, प्रतिकीलो ८० देखी १०० सम्म, टमाटर , आलु ३० देखि ४० सम्म ,सिमी ६० देखि ७० सम्म,भिण्डी प्रतिकिलो ६० देखी ७० कीलो सम्म प्यास प्रतिकीलो ५० देखी ७० सम्म बिक्रि बितरण भइरहेको बताउनु भयो। घोराही क्षेत्रमा १० टन सम्म तरकारी खपत हुने गरेको अध्यक्ष रसुलले बताउनु भयो।

उहाले पोखरा , काठमाण्डौ बाट पनि तरकारी आयात हुने गद्थ्र्यौ अहिले बाडी पहिरोको कारण रोकिएको छ ,उता बाट आयात हुदा कम मुल्यमा आउथर्यौ अहिले मुल्य आकासीयको बताउनु भयो।

अहिले किसानहरु तरकारीहरु लिएर आफै आउने गर्दछन। उनीहरुको भाउ दरमा तरकारी राख्नु पर्ने भएकाले पनि मुल्यमा बृद्धि भएको उहाले बताउनु भयो।

यहि रामपुरका काक्रो प्रतिकिलो २५ मा बिक्रि भएको बताउनु भयो। बजारमा टमाटर र काउलीको माग अत्याधीक माग रहेको र तरकारीहरु अझ नआइसकेको उहाले भन्नु भयो अब बाटोहरु बन्दै छन अब चाही त्यती अभाब चाही नहुन सक्छ तर तरकारीको माग चाही अत्याधीक रहेको अध्यक्ष रसुलले बताउनु भयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्