चितुवाको छाला सहित दुई जना पक्राउ



गिरिराज नेपाली
दाङ १ भदौ
बाघको छाला सहित प्रहरीले दुई जना लाई पक्राउ गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा तुल्सीपुर उप–महानगरपालीका वडा नं ३ राम्रीका तोम प्रसाद सापकोटा र सल्यान कपुरकोट गाउपालिका वडा नं ६ बस्ने रुपलाल बोहरा रहेका छन ।

लुकाई छिपाई राखेको अवस्थामा प्रहरीको विशेष टोलीले तुल्सीपुर उप–महानगरपालीका वडा नं ३ राम्रीका तोम प्रसाद सापकोटा विशेष सुचनाका आधारमा तुल्सीपुर उप–महानगरपालीका वडा नं ३ राम्रीका तोम प्रसाद सापकोटा छाला सहित पक्राउ गरिएको प्रहरी प्रमुख दुर्गा सिंहले वताउनु भयो । पक्राउ सापकोटा र वोहरा लामो समय देखी वन्यजन्तु कारोवारमा संलग्न रहेको अनुसन्धान प्रहरी प्रमुख सिंहले जानकारी दिएकी छिन ।
टाउको देखी पुच्छर सम्मको लम्बाई ७ फिट १० ईन्च अगाडिको २ वटा खुट्टाको चौडाई ४ फिट १ ईन्च, पछाडिको २ वटा खुट्टा समेतको लम्बाई ४ फिट ६ ईन्च र बिचको भागको लम्वाई २ फिट १ ईन्च भएको रहेको छ । घटनामा वारे थप अनुसन्धान भई रहेको प्रमुख सिंहले जानकारी दिएकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्